काठमाडौँ । महालेखा नियन्त्रक कार्यालयले नेपाल प्रशासन सेवा, लेखा समूहका राजपत्राङ्कित द्वितीय श्रेणी वा सो सरहका ६१ जना कर्मचारीको सरुवा तथा पदस्थापन गरेको छ।
कार्यालयले २०८३ कात्तिक ११ गतेको निर्णयअनुसार उपसचिव स्तरका कर्मचारीहरूको सरुवा, पदस्थापन, काज व्यवस्थापन तथा जिम्मेवारी हेरफेर गरेको हो।








