१२ कार्तिक २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मुस्ताङमा एक अर्ब १४ करोड बढीको स्याउ उत्पादन

अ अ+ अ-

मुस्ताङ । हिमाली जिल्ला मुस्ताङमा यस वर्ष रु एक अर्ब १४ करोड ९६ लाख बराबरको स्याउ उत्पादन भएको प्रारम्भिक अनुमान गरिएको छ । 

कृषि तथा पशु विकास कार्यालयका अनुसार जिल्लाको पाँच स्थानीय तहको कुल ६६२ हेक्टर क्षेत्रफलमा उक्त मूल्य बराबरको स्याउ उत्पादन भएको प्रारम्भिक विवरण संकलन गरिएको छ । 

कृषि तथा पशु विकास प्रमुख डा. लालमणि अर्यालका अनुसार यस वर्ष उच्च घनत्व प्रविधिमा आधारित (हाइब्रिड) स्याउ रु २३ करोड छ लाख र परम्परागत स्थानीय स्याउ रु ९१ करोड ९० लाख ९१ हजार बराबरको उत्पादन भएको छ ।  यस वर्ष मुस्ताङमा हाइब्रिड र स्थानीय जातका स्याउ गरी सात हजार ३८ दशमलव ५४ मेट्रिक टन स्याउ उत्पादन भएको छ । 

प्रमुख डा अर्यालका अनुसार हाइब्रिड स्याउ ९५९ दशमलव ६२ मेट्रिक टन र स्थानीय परम्परागत स्याउ छ हजार ७८ दशमलव ९२ मेट्रिक टन स्याउ उत्पादन भएको छ । स्याउ बगैँचामा पुगेर कृषि प्राविधिकहरूले क्रप कटिङ विधि अनुसार स्याउको औसत उत्पादन मापन गरिएको कार्यालय प्रमुख डा अर्यालको भनाइ छ ।

 यसका अलावा स्याउको उत्पादन परिमाण अनुमान गर्न सम्बन्धित स्थानीय तहका कृषि प्राविधिक तथा स्याउ किसानसँग समन्वय गरिएको उनले जानकारी दिए। 

रु ९४ करोड ८० लाख ९२ हजार बराबरको स्याउ जिल्लाबाहिर निकासी हुने जनाइएको छ । यस्तै, रु १७ करोड ५६ लाख बढीको स्याउ जिल्ला भित्रै खपत भएको छ । जिल्लामा हाइब्रिड स्याउ प्रतिकेजी रु २४० र स्थानीय परम्परागत स्याउ प्रतिकेजी रु १५१ बराबर मूल्य निर्धारण गरिएको छ । 

मुस्ताङमा गत वर्ष छ हजार ६८४ दशमलव ३० मेट्रिक टन स्याउ उत्पादन भएको थियो । प्रमुख अर्यालका अनुसार गत वर्षको तुलनामा यस वर्ष  ३५४ दशमलव २४ मेट्रिक टन अर्थात् (पाँच दशमलव २९) प्रतिशत बढी स्याउ फलेको हो । जिल्लामा ९१७ हेक्टर क्षेत्रफलमा स्याउ बगैँचा विस्तार भएको छ । जसमध्ये हाइब्रिड स्याउको क्षेत्र ७६ हेक्टर र स्थानीय परम्परागत स्याउको क्षेत्र ८४१ हेक्टर रहेको छ ।

0 Comments