१२ कार्तिक २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सोमपालको अलराउन्ड प्रदर्शनमा विराटनगरमाथि कर्णालीको रोमाञ्चक जित

चार विकेटसँगै अविजित ६२ रन बनाएका कप्तान सोमपाल कामीले कर्णालीलाई एक बल बाँकी छँदा १८७ रनको लक्ष्य पार गराए।

अ अ+ अ-

काठमाडौँ । कप्तान सोमपाल कामीको उत्कृष्ट अलराउन्ड प्रदर्शनमा कर्णाली याक्सले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्समाथि रोमाञ्चक जित निकालेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार भएको खेलमा विराटनगरले दिएको १८७ रनको लक्ष्य कर्णालीले एक बल बाँकी छँदा सात विकेट गुमाएर पूरा गरेको हो। बलिङमा चार विकेट लिएका सोमपालले ब्याटिङमा अविजित ६२ रन बनाउँदै टोलीको जित सुनिश्चित गरे।

सुरुवाती पाँच विकेट सस्तैमा गुमाएर दबाबमा परेको कर्णालीलाई सोमपालले छैटौँ विकेटका लागि पवन सर्राफसँग ६६ रनको साझेदारी गर्दै खेलमा फर्काएका थिए। पवनले २८ बलमा ३६ रन बनाए।

त्यसपछि सोमपालले गुल्सन झासँग सातौँ विकेटका लागि अविजित ६४ रनको साझेदारी गर्दै टोलीलाई जितसम्म पुर्‍याए। सोमपालले ३२ बलमा चार चौका र तीन छक्कासहित ६२ रन बनाए भने गुल्सन २१ बलमा २८ रन जोड्दै अविजित रहे।

अन्तिम ओभरमा कर्णालीलाई जितका लागि आठ रन आवश्यक थियो। पहिलो बलमा सोमपालले एक रन लिएपछि गुल्सनले दोस्रो बलमा दुई र तेस्रो बलमा एक रन जोडे। यसक्रममा विराटनगरका लोकेश बमले गुल्सनको क्याच छाडेका थिए। त्यसपछि सोमपालले चौथो र पाँचौँ बलमा लगातार दुई–दुई रन लिँदै कर्णालीलाई जित दिलाए।

कर्णालीको सुरुवात भने कमजोर रहेको थियो। मार्क वाट एक, दीपक डुम्रे २०, अक्बर अली एक, अरिफुल इस्लाम ३२ र हुसेन तलत शून्य रनमा आउट भएका थिए। त्यसपछि सोमपाल र पवनले इनिङ्स सम्हाल्दै टोलीलाई प्रतिस्पर्धामा फर्काएका हुन्।

विराटनगरका लागि एन्जेलो म्याथ्युजले सर्वाधिक तीन विकेट लिए। चरिथ असलंका, प्रतिश जिसी र कप्तान सन्दीप लामिछानेले एक–एक विकेट हात पारे।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १८६ रन बनाएको थियो।

विराटनगरका ओपनर लोकेश बमले ५२ बलमा तीन चौका र नौ छक्कासहित सर्वाधिक ८७ रन बनाए। आक्रामक ब्याटिङ गरेका उनी शतकबाट १३ रनले चुके। इनिङ्सको १६औँ ओभरको पाँचौँ बलमा सोमपालले उनलाई आउट गरेका थिए।

लोकेशले चौथो विकेटका लागि एन्जेलो म्याथ्युजसँग ६७ रनको साझेदारी गरेका थिए। म्याथ्युजले २२ बलमा ३१ रन बनाए।

विराटनगरका लागि आन्द्रे रसेलले १५ बलमा २७ रन जोडे। त्यस्तै, शेहान जयसूर्याले ११, बसिर अहमदले १३, इम्रान शेखले पाँच र चरिथ असलंकाले तीन रन बनाए। सुजन थपलिया अविजित रहे।

कर्णालीको बलिङमा पनि कप्तान सोमपाल नै निर्णायक बने। उनले चार ओभरमा ३३ रन खर्चेर चार विकेट लिए। सोमपालले लोकेश बम, आन्द्रे रसेल, एन्जेलो म्याथ्युज र चरिथ असलंकालाई पभेलियन फर्काएका थिए।

त्यस्तै, मार्क वाट र नन्दन यादवले एक–एक विकेट लिए। मार्कले इम्रान शेखलाई आउट गराउँदा नन्दनले अन्तिम बलमा बसिर अहमदलाई बोल्ड गरेका थिए।

ब्याटिङ र बलिङ दुवैमा निर्णायक योगदान दिएका सोमपालको प्रदर्शन कर्णालीको जितको मुख्य आधार बन्यो। सुरुवाती विकेट गुमाएर दबाबमा परेको अवस्थामा कप्तानी इनिङ्स खेल्दै उनले टोलीलाई प्रतिस्पर्धात्मक लक्ष्य पार गराएका हुन्।

एनपीएलअन्तर्गत शुक्रबार कुनै खेल राखिएको छैन।

0 Comments