काठमाडौँ । महालेखा नियन्त्रक कार्यालयले नेपाल प्रशासन सेवा, लेखा समूहअन्तर्गत राजपत्र अनंकित द्वितीय श्रेणीका फाजिलमा रहेका १२ जना सह लेखापालको व्यवस्थापन गरेको छ।
कार्यालयले २०८३ कात्तिक १३ गतेको निर्णयअनुसार विभिन्न सरकारी निकायमा कार्यरत १२ सह लेखापाललाई अन्य कार्यालयमा व्यवस्थापन गरेको हो।





