म्याग्दी । शुक्रबार अपराह्नदेखि परेको अविरल वर्षासँगै पहिरो खसेपछि बेनी-जोमसोम र बेनी-दरवाङ सडक आज बिहानदेखि अवरुद्ध भएका छन् ।
जिल्ला प्रशासन कार्यालयका अनुसार बेनी नगरपालिका र मङ्गला गाउँपालिकाको सिमाना फापरखेत पहिरोका कारण बेनी–दरवाङ तथा सिरुवारी, खामभित्तालगायत स्थानमा खसेको पहिरोले उक्त सडक अवरुद्ध भएको हो ।
झरी नरोकिएकाले अवरुद्ध सडक खुलाउन सडक विभाग र पूर्वाधार विकास कार्यालयको प्रयास असफल भएको छ ।




