काठमाडौँ । म्याक्स टाइगर इनर्जी ड्रिङ्क्सको ‘एनर्जाइज्ड दसैँ धमाका २०२६’ उपहार योजनाअन्तर्गत नौ जना उपभोक्ताले यामाहाका मोटरसाइकल तथा स्कुटर जितेका छन्।
कम्पनीद्वारा जारी विज्ञप्ति अनुसार देशका विभिन्न स्थानका नौ जना उपभोक्ता पुरस्कारका लागि छनोट भएका हुन्। योजनाअन्तर्गत १८ जनालाई यामाहा एफजेड एफआई मोटरसाइकल र अन्य १८ जनालाई यामाहा रे जेडआर स्कुटर प्रदान गरिनेछ।
त्यस्तै, एक जना महाभाग्यशाली विजेतालाई बम्पर पुरस्कारस्वरूप प्रोटोन कार प्रदान गर्ने कम्पनीले जनाएको छ। योजनामा कुल ३७ वटा सवारीसाधन पुरस्कारका रूपमा राखिएका छन्।
हालसम्म सार्वजनिक विजेतामध्ये सुर्खेतका किशोर जंग शाहले यामाहा रे जेडआर स्कुटर जितेका छन्। बनेपाका राजकुमार तामाङ र धादिङका सञ्जोग रिमालले यामाहा एफजेड एफआई मोटरसाइकल जितेका छन्।
त्यसैगरी, बुटवलका नरबहादुर फौगाडले स्कुटर र धनगढीका मोहन श्रेष्ठले मोटरसाइकल जितेका छन्।
पछिल्लो चरणमा सार्वजनिक भएका चार विजेतामध्ये जनकपुरका कौटल्य कुमार सिंह र बिर्तामोडका तेज नारायण सिंहले यामाहा एफजेड एफआई मोटरसाइकल जितेका छन्। धरानका मनोज कुमार अधिकारी र वीरगन्जका रमेश बस्नेत यामाहा रे जेडआर स्कुटरका विजेता बनेका छन्।
कम्पनीका अनुसार योजनाअन्तर्गत हालसम्म नौ जना विजेता सार्वजनिक भइसकेका छन् भने बाँकी २८ वटा सवारीसाधनका विजेता घोषणा हुन बाँकी छन्।
दसैँलाई लक्षित गरी सञ्चालन गरिएको उक्त योजनामा आगामी दिनमा थप विजेता सार्वजनिक गरिने कम्पनीले विज्ञप्तिमार्फत जनाएको छ। बम्पर पुरस्कारमा राखिएको प्रोटोन कारको विजेता पनि घोषणा हुन बाँकी छ।




