१७ कार्तिक २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

धनौजी गाउँपालिकाबाटै चालक अनुमतिपत्र वितरण सुरु

अ अ+ अ-

जनकपुरधाम । धनुषाको धनौजी गाउँपालिकाले स्थानीयवासीलाई सहज रूपमा सेवा उपलब्ध गराउने उद्देश्यले गाउँपालिकाबाटै सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरण सुरु गरेको छ ।

यातायात व्यवस्था कार्यालय जनकपुरधाम र बर्दिबासबाट सञ्चालित परीक्षामा उत्तीर्ण भएका गाउँपालिकाका सेवाग्राहीलाई लक्षित गरी पालिकाबाटै अनुमतिपत्र वितरणको व्यवस्था मिलाइएको हो ।

गाउँपालिका अध्यक्ष राजकुमार साहका अनुसार चालक अनुमति पत्रको परीक्षा उत्तीर्ण गरेका स्थानीय युवालाई सहज सेवा उपलब्ध गराउने उद्देश्यले यो व्यवस्था सुरु गरिएको हो ।

उनले पहिलो चरणमा यातायात व्यवस्था कार्यालय बर्दिबासबाट सञ्चालित प्रयोगात्मक परीक्षा (ट्रायल) उत्तीर्ण गरेका गाउँपालिकाका ४५ जनाको चालक अनुमतिपत्र प्राप्त भएकाले वितरण सुरु गरिएको जानकारी दिए । 

पालिकाबाटै चालक अनुमतिपत्र प्राप्त गर्न थालेपछि अनुमतिपत्र लिन यातायात व्यवस्था कार्यालयसम्म पुग्नुपर्ने बाध्यता हट्ने र स्थानीय सेवाग्राहीको समय तथा खर्च बचत हुने अपेक्षा गरिएको छ ।

यस व्यवस्थाले विशेषगरी यातायात कार्यालयसम्म पुग्न समय र खर्च व्यवस्थापन गर्नुपर्ने ग्रामीण क्षेत्रका सेवाग्राहीलाई राहत पुग्ने विश्वास गरिएको छ ।

0 Comments