काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ज्ञानेन्द्र शाहीले आगामी महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा शाहीले आफ्नो उम्मेदवारी घोषणा गर्दै वर्तमान अध्यक्ष राजेन्द्र लिङ्देनलाई पार्टीको सर्वोच्च नेता बनाउन प्रस्ताव गरे। उनले लिङ्देनसहित पार्टीका सबै शीर्ष नेतालाई अभिभावकीय भूमिका निर्वाह गर्न आग्रह गरे।
राप्रपाको महाधिवेशन मंसिर २६ देखि २८ गतेसम्म काठमाडौँमा हुँदै छ।





