५ मंसिर २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘देश समृद्ध बनाउँदै भ्रष्टाचार अन्त्य गर्ने अभियान छु’ : सभामुख अर्याल

अ अ+ अ-

पोखरा । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले देश समृद्ध बनाउन र भ्रष्टाचार सधैँका लागि अन्त्य गर्न भ्रष्टाचारमुक्त समाज निर्माणको अभियानमा लागेको बताएका छन् । आज लायन्स क्लब अफ पोखराको ५०औँ वर्षको अवसरमा आयेजित स्वर्ण महोत्सवलाई सम्बोधन गर्दै उनले देशमा सुशासन कायम गरी भ्रष्टाचारलाई सधैँका लागि अन्त्य गर्ने बृहत् अभियानका साथ सदनलाई प्रभावकारी बनाउने कार्यमा आफू जुटेको बताए ।

राजनीतिमा प्रवेश गरेसँगै इमानदारीपूर्वक, जनहित र राष्ट्रलाई केन्द्रमा राखेर काम गरिरहेको बताउँदै सभामुख अर्यालले भने, “यो देशमा भ्रष्टाचार सधैँका लागि अन्त्य गर्नका लागि एउटा योजना र सोच लिएर अभियानमा जुटेको छु ।” सुशासनको प्रत्याभूति भएमा मात्रै वर्तमान र भावी पुस्ता सुरक्षित रहने उनको भनाइ छ ।

सभामुख अर्यालले भने, “हामीले यो देशमा सुशासन कायम गर्‍यौँ भने हामीसँगै हाम्रा सन्तान र परिवार, समाज सधैँ सुरक्षित हुनेछौँ ।” आसन्न संसद्को कामकारबाहीलाई मर्यादित र नतिजामुखी बनाउने विषयमा चर्चा गर्दै उनले भने, “अब सदन सुरु हुँदैछ, सदनलाई सकारात्मक र नतिजामूखी बनाउन सहकार्य र समन्वयलाई जोड दिनेछु । यसका लागि तपाईंहरूबाट थुप्रै प्रेरणा प्राप्त गरेको छु ।”

कानुन निर्माण गर्दा देशको भूगोल सुहाउँदो, अभिभावक तथा अग्रजको सम्मान हुने र भावी पुस्ताले गर्व गर्नसक्ने व्यवस्था समेटिनुपर्ने सभामुख अर्यालले बताए । प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यसहित ३३४ जना सांसदले कानुन निर्माणमा भूमिका निर्वाह गर्ने उल्लेख गर्दै उनले प्रदेश र स्थानीय तहका जनप्रतिनिधिसम्म कानुन निर्माणको विषय सार्वजनिक हुने बताए ।

सभामुख अर्यालले देशलाई आर्थिक रूपमा समृद्ध बनाउन निजी क्षेत्रको सुदृढीकरण गर्नुपर्ने आवश्यकता औँल्याए । उनले भने, “जबसम्म हामी निजी क्षेत्रलाई बलियो बनाउन सक्दैनौँ, तबसम्म देश समृद्ध हुन सक्दैन ।” लायन्स क्लबमा शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि र व्यवसायलगायत समाजका विविध क्षेत्रका सफल व्यक्तित्व, अग्रज तथा जनप्रतिनिधिको आबद्धता रहेको सभामुख अर्यालले स्मरण गरे । उनले लायन्स क्लबमा विद्यार्थी, प्राध्यापक, नर्स, चिकित्सक, व्यवसायी, कृषक, मजदुर, गैरआवासीय नेपाली र जनप्रतिनिधि सबै क्षेत्रको प्रतिनिधित्व रहेको बताए ।

0 Comments