घर विहिनलाई घर देउ सरकार
एउटै नेपाली यो थर देउ सरकार
मनै छैन खाडीमा पसिना बगाउने
स्वदेशमै बरु अबसर देउ सरकार
हिमाल पहाड र तराई हसाउने
खुशीको एउटै प्रहर देउ सरकार
यो जात धर्म विभेद हटाउनलाई
शिक्षाको उज्यालो ज्योती अक्षर देउ सरकार
यो शस्त्र अस्स्र परिवर्तनको नाउको
हटाएर बुद्धको वर देउ सरकार
लगइन गर्नुहोस्
प्रतिक्रिया दिनको लागि कृपया लगइन गर्नुहोस् ।
0 Comments







