१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल खाद्य संस्थान घाट डिपोमा खाद्यको चामल, मुसाको आहारा

अ+ अ-

जाजरकोट । नेपाल खाद्य संस्थान घाट डिपोमा चामल राख्ने राम्रो ठाउँ नहुँदा मुसाको आहारा भएको छ । थोत्रो भवनमा चामल राख्दा चामलको बोरा मुसाले काटेपछि समस्या उत्पन्न भएको हो ।

डिपोमा चामल राख्नका लागि संस्थानको आफ्नै भवन नहुँदा दैनिक समस्या हुँदैआएको छ । अहिले मौज्दात रहेको चामल राख्न भण्डारणको अभाव छ । सानो कच्ची, ठाउँठाउँमा भत्किएको १ कोठामा चामल राख्दा दैनिक मुसाले चामलको बोरा काट्दा हैरान भएको डिपो प्रमुख रुद्र देवकोटाले जानकारी दिए ।

संस्थानको आफ्नै भवन नहुँदा तत्कालीन नायकवाडा गाविसले उपलब्ध गराएको व्यक्तिको जग्गामा निर्माण भएको सानो घरमा अहिले चामल राख्दै आएको जाजरकोट खाद्य संस्थानका प्रमुख धर्मबहादुर बस्नेतले जानकारी दिए ।

वर्षायाममा सो भवनमा राखिएको चामल भिजेर समस्या निम्तिएको थियो भने अहिले मुसाले चामल राखेको बोरा काट्दा नोक्सान भएको देवकोटको भनाइ छ ।

अधिकांश चामलका बोरा मुसाले काटेर ठुलो क्षति भएको देवकोटाले बताए । संस्थानको आफ्नै भवन नहुँदा कर्मचारीलाई दैनिक चामल बिक्री गर्न तथा बस्न समस्या भएको छ । बारेकोट गाउँपालिकाको २५ हजार जनसङ्ख्यलाई ध्यानमा राखी नायकवाडाको घाटबाट खाद्यान्न वितरण हुँदै आएको छ ।

जिल्लाको नलगाड नगरपालिका कालीमटी, दशेरा, छेडागाउँ नगरपालिका–८ घोगी, बारेकोट गाउँपालिका–५ मा भवन नहुँदा समस्या भएको संस्थानका प्रमुख बस्नेतले जानकारी दिए । भवनको अभावमा डिपोमा राखिएको चामल मुसाले काट्ने, ढुसी लाग्ने समस्याले गर्दा हैरान भएको उनको भनाइ छ ।

चामल बिक्री वितरण गर्न ठाउँको अभाव हुने गरेको उनले जानकारी दिए । चामल लिनका लागि स्थानीयवासीको भीड लागेको समयमा ठाउँको अभावले बिक्री वितरण गर्न हैरानी पर्ने गरेको छ । भवन निर्माणका लागि पटकपटक केन्द्रीय कार्यालय तथा क्षेत्रीय कार्यालयमा जानकारी गराउँदा कसैले ध्यान नदिएको संस्थानको जाजरकोट कार्यालयले बताएको छ ।

सडक सञ्जालसँग नजोडिएका बारेकोट, पजारु लगायतका ठाउँमा खच्चडद्वारा खाद्यान्न ढुवानी गरिन्छ भने अन्य ठाउँमा हिउँदको समयमा कालीमटी, चौखा, घरङ्गामा यातायातका साधनमार्फत ढुवानी गरिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस