१४ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

फूलचोकी र चन्द्रागिरिमा हिमपात

अ+ अ-

काठमाडौं । काठमाडौँ नजीकका नगरकोट, फूलचोकी, चन्द्रागिरि, दामनलगायत स्थानमा आज हिमपात परेको छ । पश्चिमी वायुको प्रभावले आज देशभर बदली हुनाका साथै उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात परेको जनाइएको छ । काठमाडौँमा भने बिहाद ९ बजेदेखि हल्का वर्षा भएको छ ।

देशका उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम खालको हिमपात परेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् शान्ति कँडेलले जानकारी दिए । साथै उच्च हिमाली भूभागका मनाङ, हुम्ला, जुम्लालगायत स्थानमा पनि हिउँ परेको महाशाखाले जनाएको छ । न्यूनतम तापक्रम नघटेको भए पनि मुलुकभर बदली र हिमपात हुँदा र घाम नलाग्दा बढी चिसो महसुस गरिएको मौसमविद् कँडेलले बताए । काठमाडौँमा भने केही समय घाम लागेको छ ।

आज काठमाडौँको न्यूनतम तापक्रम ६ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ । आइतबार काठमाडौँको न्यूनतम तापक्रम १ दशमलव ८ डिग्री सेल्सियस थियो । राति देशको पश्चिमी भूभागममा आंशिक बदली तथा मध्य र पूर्वी भूभागमा सामान्य बदली रहने छ । मध्य र पूर्वी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहनाका साथै देशको उच्च पहाडी क्षेत्रका केही स्थानमा हल्का हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

मङ्गलबार देशका पश्चिमी तथा पूर्वी पहाडी भेगमा आंशिक बदली हुने र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । त्यस्तै बुधबार पूर्वीपहाडी भूभागमा आंशिक बदली रही अन्य स्थानमा मौसम सामान्यतया सफा रहने छ भने उच्च हिमाली भेगका केही स्थानमा हल्का हिमपात र पूर्वी पहाडी भेगका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस