१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पुराना कानून हटाएर नयाँ कानून बनाउने प्रक्रियामा छौं : गृहमन्त्री थापा

अ+ अ-

वीरगञ्ज । गृहमन्त्री रामबहादुर थापाले नेपाली जनताको स्वाधीनता, संस्कृति र पहिचानको रक्षा गर्न संघीय सरकार पुराना कानून हटाएर नयाँ कानून बनाउने प्रक्रियामा रहेको बताएका छन् ।

उद्योग वाणिज्य संघ पर्साको ४३औँ वार्षिक साधारणसभाको आज वीरगञ्जमा उद्घाटन गर्दै गृहमन्त्री थापाले समृद्धि र विकासका लागि नयाँ कानून अपरिहार्य भएको बतारुए । उनले नयाँ नेपालको निर्माण गर्ने लक्ष्य लिएको वर्तमान सरकारले ‘समृद्ध नेपाल र सुखी नेपाली’को लागि सबै जातजाति, धर्मावलम्बी, भाषाभाषी एकताबद्ध भएर देश विकासमा लाग्नु पर्ने बताए ।

उनले देश संघीयतामा गइसकेकाले प्रदेश सरकार आआफ्नो प्रदेशको समृद्धि र विकासको लागि कानून बनाउनुपर्नेमा जोड दिए । गृहमन्त्री थापाले आर्थिक नगरी वीरगञ्जको विकासको लागि प्रदेशका जनप्रतिनिधिले आफ्नै कानून बनाउनुपर्ने बताए । गृहमन्त्री थापाले राष्ट्रिय गौरवका आयोजना समयमै पूरा गर्न केन्द्रीय सरकारको ध्यानाकर्षण गराउन आग्रह गरे ।

उद्योग वाणिज्य संघ पर्साका अध्यक्ष ओमप्रकाश शर्माको सभापतित्वमा भएको सो उद्घाटन कार्यक्रममा पर्सा क्षेत्र नं १ का प्रदेशसभा सदस्य प्रदीप यादव, वीरगञ्ज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगी, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का पोलिटब्यूरो सदस्य नागेन्द्र चौधरीलगायतले समृद्ध र विकसित देश बनाउन केन्द्रीय सरकार कठिबद्ध हुनुपर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया दिनुहोस