१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रदेश कै पहिलो आईटि मेला ‘क्यान इन्फोटेक’ सुरु

अ+ अ-

वीरगंज । सूचना प्रविधिको क्षेत्रमा विकास भएका नयाँ प्रविधिबारे सर्वसाधारणलाई जानकारी गराउन तथा प्रदेश नं. २ लाई आईटिको हव बनाउने उद्देश्यले ‘सुविसु क्यान इन्फोटेक–२०१९’ मेला सुरु भएको छ । कम्प्युटर एसोसिएसन नेपाल महासंघ, पर्सा (क्यान महासंघ, पर्सा)को आयोजनामा वीरगंजको टाउन हल (नगर सभा गृह) मा सुरु भएको प्रदेश नं. २ कै पहिलो संस्करणको क्यान इन्फोटेक मेलामा विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि सम्बन्धित कम्पनीको सहभागिता रहने मेलामा ५० भन्दा बढि स्टल रहेका छन् ।

मेलाको एक समारोहकाबीच उद्घाटन गर्दै वीरगंज महानगरपालिकाका नगर प्रमुख (मेयर) विजयकुमार सरावगीले विकासमा आईटि आजको सबै भन्दा महत्वपूर्ण पक्षहरु मध्ये एक रहेको बताए । उनले आईटिको सहयोगले आज विश्व साँगुरो भएको र घन्टौं लाग्ने काम अब केहि मिनेट मै गर्न मिल्ने भएको छ ।

मेयर सरावगीले वीरगंज महानगरपालिकालाई आईटिको हव बनाउने योजनालाई महानगरपालिका कार्यालयबाट पूर्ण सहयोग प्राप्त मिल्ने उनले बताए । ‘वीरगंज महानगरपालिकालाई आईटि हव बनाउने योजनालाई हामि पूर्ण रुपले सहयोग गर्नेछौं, यसकालागि आयोजक संस्था संग आवश्यक समन्य गर्ने तिर हामि छिटै लाग्छौ।

क्यान महासंघ पर्साका अध्यक्ष आलोककुमार चौरसियाले सूचना प्रविधि क्षेत्रको विकासमा तिनै तहको ध्यान जानुपर्नेमा जोड दिए । उद्घाटन समारोहमा भारतीय महावाणिज्य दूतावास वीरगंजका महावाणिज्य दूत विसी प्रधान, पटेर्व सुगौली गाउँपालिकाका प्रमुख विजय चौरसिया, क्यान महासंघका अध्यक्ष हेमन्त चौरसिया, क्यानका अन्य पदाधिकारीलगयातले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

प्रदर्शनीमा हार्डवेयर सेल्स तथा मेन्टिनेन्स, पावर सोलुसन्स, मोबाइल एसेसोरिज, डिलर र डिस्ट्रिब्युटर्स, इन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेसन्स्, आइसिटी कलेज तथा ट्रेनिङ इन्स्टिच्युट्स, सफ्टवेयर सोलुसन्स्, पेमेन्ट सोलुसन्स् र अन्य रहेका छन् ।

यस वर्ष क्यान इन्फोटेकको शीर्ष प्रायोजन सुविसु र एसोसिएट प्रायोजक डाइनामिक इनोटेक रहेका छन् । त्यस्तै गोल्ड स्पोन्सर–भायनेट, सिल्भर स्पोन्सर– लर्ड बुद्ध एडुकेसन फाउन्डेसन रहेको छ । मेलामा व्यवसायीले व्यापारिक सम्भावना विस्तारित गर्ने मात्र नभई विभिन्न नयाँ तथा नौलो प्रविधिको प्रदर्शनी गर्ने पनि मौका पाउनुका साथै एकै थलोमा सूचना तथा सञ्चार प्रविधिका नयाँ(नयाँ प्रविधि, उपकरणको अवलोकन तथा खरिदसमेत गर्न पाउने छन् ।

इन्फोटेकमा अवलोकन शुल्कबापत सर्वसाधारणलाई ५० र विद्यार्थीलाई ३० रूपैयाँ तोकिएको छ । क्यान मेला नयाँ प्रविधि र उपकरणको वस्तुस्थिति झल्काउने मञ्च भएकाले यसबाट अवलोकनकर्ताले मोबाइल कम्युनिकेसन र कम्प्युटर हार्डवेर सफ्टवेयरको नयाँ भर्सनका उपकरण देख्न पाउने क्यान महासंघका पर्सा अध्यक्ष चौरसियाले जानकारी दिए ।कार्यक्रम आगामी पुष ३० गतेसम्म चल्नेछ ।

प्रतिक्रिया दिनुहोस