७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पाल्पामा भूकम्पप्रभावित विद्यालय पुनःनिर्माण हुँदै

अ+ अ-

पाल्पा । पाल्पामा भूकम्पबाट भौतिक क्षति पुगेका एक्काइसवटा विद्यालयका भवन पुनःनिर्माण भइरहेका छन् ।

वि.सं. २०७२ को विनाशकारी भूकम्पबाट जिल्लाका ११५ विद्यालयका भवनमा भौतिक क्षति पुगेको छ । भूकम्पबाट क्षतिग्रस्त भवनमध्ये छकोठे चारवटा भवन, आठकोठे चारवटा र चारकोठे १३ भवन पुनःनिर्माणका क्रममा छन् ।

छकोठे भवनअन्तर्गत दरैठाँटी मावि रामपुर, जनप्रिय मावि हेक्लाङ, कृष्णादेवी मावि गाडाँकोट र भैरव नवदीप मावि छहरा रहेका छन् भने आठकोठेतर्फ रामतुल्सी मावि रामपुर, भैरव जनता मावि भैरवस्थान, जनप्रिय मावि तानसेन र त्रिभुवन मावि अर्गलीको विद्यालयको भवन निर्माणाधीन अवस्थामा रहेका छन् ।

यसैगरी, जिल्लामा १३ वटा विद्यालयका चारकोठे भवनको पुनःनिर्माण भइरहेकामा जनहित भगवती मावि हुमिन, दर्लमडाँडा मावि दर्लमडाँडा, अमृत पब्लिक मावि पीपलडाँडा, पृथ्वी प्रकाश मावि कोलडाँडा, भानुभक्त मावि रामपुर, बेदवेदाङ्ग मावि सिद्धेश्वर रहेका छन् ।

यस्तै, चारकोठे भवन शारदा मावि मदनपोखरा, दोभान मावि दोभान, सत्यवती मावि सत्यवती, रविकिरण मावि पीपलडाँडा, गङ्गा मावि रामपुर, सातपोखरी मावि गोठादी र राम मावि खानीछापको विद्यालयको भवन आउँदो असार मसान्तसम्म पुनःनिर्माण सम्पन्न गर्ने गरी काम तीव्र भइरहेको जिल्ला शिक्षा कार्यालय, पाल्पाका सूचना अधिकारी महेन्द्र सुवेदीले जानकारी दिए ।

क्षतिग्रस्त दुईकोठे र तीनकोठे गरी ९४ वटा विद्यालयका भवन गतवर्ष नै पुनःनिर्माण सम्पन्न भइसकेका छन् । रासस

प्रतिक्रिया दिनुहोस