२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नशा च्यापिनबाट जोगिन यसरी बस्ने बानी गर्नुहोस् 

अ+ अ-

हामी नेपालीहरु बस्न खुब रुचाउछौं । चाहे कार्यालयमा काम गर्दा होस् वा गफगाफमा होस् या कामकाजी मानिसहरु देखि घरायसी महिलाहरुसम्म बस्न भनेपछि हुरुक्कै ! मान्नुस् हामीले सबैभन्दा बढि गर्ने काम भनेको बस्ने नै हो । तर कसरी बस्ने भन्ने कुरा नजान्दा उल्टो रोग निम्त्याइ रहेका हुन्छौं । त कसरी बस्ने ?

बसाइ कस्तो हुनु पर्छ ?

बसाइ थुप्रै प्रकारको छ । हामी नेपालीहरु बस्न रुचाउछौं । चाहे कार्यालयमा काम गर्दा होस् वा गफगाफमा होस् या कामकाजी मानिसहरु देखि घरायसी महिलाहरुसम्म बस्न भनेपछि एकदमै रुचाउँछौं । हामीले सबैभन्दा बढि गर्ने काम भनेको बस्ने नै हो । त्यही भएर हामीले बस्ने पोजीशनमा एकदम ध्यान दिनु पर्छ ।

टेवलमा काम गर्नेले अझै बढि ध्यान दिनु पर्छ । चाहे त्यो कम्प्युटरमा काम गर्ने होस्, चाहे कार्यालयको काम गर्ने होस् । सकेसम्म एक हजार किन महंगो नहोस् ढाडलाई सपोर्ट गर्ने खाले कुर्सि नै किन्नुहोस् ? ढाडलाई सपोर्ट गर्ने खाले कुर्सी नै किन्नु पर्छ यसलाई हामी ऐर्गोनोमिकल्ली डिजाइन भएको कुर्सी भन्छौ । यस किसिमको कुर्सी नै किन्नु जरुरी छ ।

यो कुर्सी कस्तो हुन्छ ?  

•यो केही ठुलो विशेष कुर्सी त होइन । महंगो कुर्सी नै सबै भन्दा राम्रो हुनु पर्छ भन्ने छैन । राम्रो कुर्सिमा बस्ने ठाउँ कडा हुनुपर्छ, जहाँ हिप बस्छ त्यो ठाउँ कडा र १५/१६ इन्च भन्दा लामो नहोस् । यस्तो कुर्सि किन्नुपर्दछ । यो भयो भने गोडा फोल्ड नै हुनु पर्दैन ।

•दोस्रो कुरा ढाडले सपोर्ट गर्ने ठाउँ पाओस् । बस्दाखेरी हिप अथवा पुठ्ठाले पछाडि छोएकै हुनुपर्छ । त्यसपछि ढाडले पछाडि छोएकै हुनुपर्छ ।

अब टेवुल वर्क गर्ने तथा कम्प्युटरमा काम गर्ने मान्छेले कुर्सीलाई टेवुलको तल छिराउनु अझै उपयुक्त हुन्छ । सोफामा बस्नु त्यति उपयुक्त मानिदैन । हुन त आजभोलि ढाडलाई सपोर्ट गर्ने खालको सोफाहरु पनि पाइन्छन् तर एउटा डिफेक्ट तिनीहरुमा के हुन्छ भने बस्दाखेरी लचक्कै तल जाने । सोफाको बस्ने ठाउँ कडा हुनु पर्छ । त्यो भयो भने पछाडि सपोर्ट लिएर बस्न सकिन्छ । साधारण कुर्सीहरुमा यदि त्यस्तो छैन भने तल कडा बनाएर पछाडी एउटा तकिया राखेर सपोर्ट लिएर पनि हामी बस्न सक्छौं ।

घुम्ने कुर्सीहरु स्वास्थको लागि कतिको उपयुक्त छन् ?

घुम्ने कुर्सी भन्दैमा सबै हानिकरक छन् भन्न मिल्दैन । आजभोलि आउने घुम्ने कुर्सी राम्रा नै हुन्छन् । जति महंगो भयो त्यति राम्रो हुन्छन् । तर सबै महंगो हुँदैमा राम्रो हुन्छन् भन्ने छैन ।
कुर्सीमा जति हामी बस्ने ठाउँको चौडाइ ठुलो छ त्यति त्यो खतरनाक छ । किनकी घुँडा फोल्ड हुन सक्दैन । खुट्टाले भूइमा छोएन अनि ढाडलाई असर परिहाल्छ । कुर्सीमा बस्दा खुट्टाले भूइँलाई छोएकै हुनुपर्छ ।

बस्ने ठाँउ कमलो त हुनै भएन । कमलो हुने बित्तिकै हिप त्यसमा गड्छ फलस्वरुप ढाड दुख्ने हुन्छ । कमला कुर्सिमा मेरुदण्डको नेचुरल कर्भेचर मेन्टेन हुन सक्दैन । त्यसैले महंगो कुर्सी खराबै हुन्छ भन्न पनि सकिदैन, राम्रो हुन्छ भन्न पनि सकिदैन । सधै कुर्सी किन्दा यो मेरुदण्डको लागि ठिक छ भनेर जाँचेर, सोचेर किन्नु पर्छ । तपाइ आफैले थाहा पाउन सक्नुभएन भन एक जना फिजियोथेरापिष्ट अथवा मेरुदण्ड बिशेषज्ञलाई देखाएर मात्र कुर्सी किनौं ।

सबै मान्छेले सबै ठाउँमा विशेषज्ञलाई देखाएर कुर्सि किन्न सम्भव छ त ? 

•उनीहरुले यति ध्यान राख्नु पर्यो की बस्ने ठाउँ कमलो हुनै भएन एक नम्वरमा ।

•दोस्रो कुरा बस्दाखेरी ढाडलाई सपोर्ट गर्ने खालको हुनुपर्यो ।

यो दुबै सम्भव छैन भने पनि साधारण कुर्सी छ भने एउटा सानो तकिया जस्तो ढाडमा सपोर्ट लिएर हल्का अढेस लगाएर बस्नुपर्यो । तलको चित्र हेरेर यस्तै खाले कुर्सि किन्न सक्नु हुन्छ ।

यसमा अझै कन्फ्युज छ भने कुर्सीको फोटो खिचेर मलाई [email protected] को फेसबुकमा म्यासेज गर्नुहोस् । म त्यसै बेला भनिदिन्छु यो ठिक छकी छैन ।

याद राखौं:

•एक हजार किन महंगो नहोस् ढाडलाई सपोर्ट गर्ने खाले कुर्सि नै किन्नुहोस्

•बस्ने ठाउँ कडा होस्, जहाँ हिप बस्छ त्यो ठाउँ कडा होस्, यो १५/१६ इन्च भन्दा लामो नहोस् ।

•टेबुल वर्क गर्नुहुन्छ ? कुर्सिलाई टेबुलको तल छिराएर बस्नुहोस् !

•कुर्सीमा बस्दा खुट्टाले भूइँलाई छोएकै हुनु पर्छ

•कुर्सी किन्दा यो मेरुदण्डको लागि ठिक छ कि छैन जाँचेर, सोधेर मात्र किन्नुहोस् ।

प्रशासन डटकमको नियमित शुक्रवारीय प्रस्तुतीमा हामी स्वास्थ्य सम्बन्धी महत्वपूर्ण जानकारीहरु दिँदै आएका छौं जस अन्तर्गत नेपालीहरुमा सबैभन्दा बढी देखिएका ढाडको दुखाइ तथा नशा च्यापिने समस्याका बारेमा क्रोनिक दुखाइ विशेषज्ञ डा. सुनिल पौडेलसंगको कुराकानी जारी छ । तपाइसंग पनि केही समस्या छन् भने हामीलाई लेखि पठाउन सक्नुहुन्छ ।

र यो पनि,

आफ्नो शरीर आफैले जाँच्नुहोस्

उमेर अनुसार मेरुदण्ड तथा ढाडको दुखाइ तथा यसको समाधान

कसरी जोगिने कर्मचारीले ढाड दुखाईबाट ?

गृहिणीले कसरी जोगिने ढाड दुखाईबाट ?

बुढेसकाल लागेका महिलामा हुने ढाड दुखाइ र बच्ने सरल उपाय

 हरेक ५ जनामध्ये ४ जनामा भिटामिन डी को कमी !

तपाइको शरीरमा ढाड छ भन्ने थाहा पाउनु नै रोगको लक्षण हो भन्ने बुझ्नुहोस्

0 Comments