२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गाउँको मुहार फेर्ने पूर्वसैनिकको सपना !

अ+ अ-

सुरुङ्गा, झापा । बाह्रदशी गाउँपालिका–३ का वीरेन्द्रप्रसाद राजवंशी जेठ १४ गते भएको स्थानीय तहको निर्वाचनमा नेकपा (एमाले)का तर्फबाट वडाध्यक्षका प्रत्यासी थिए।

राजवंशी समुदायको बाहुल्य भएको सो क्षेत्रमा सहयोगी र लोकप्रिय भएकै कारण उनी निर्वाचित पनि भए । विकास निर्माणको काममा अग्रसर राजवंशीको जनप्रतिनिधिका माझ बेग्लै पहिचान छ । त्यस पछाडिको कारण हो विगतको पेशागत संलग्नता ।

बाह्रदशी–३ भद्रपुरस्थित मेची बहुमुखी क्याम्पसमा अध्ययनरत राजवंशी वि.सं. २०४४ मा तत्कालीन शाही नेपाली सेनामा प्रवेश गरे । वि.सं. २०५१ सालदेखि २०५५ सम्म नारायणहिटी राजदरबारको सुरक्षामा संलग्न भए र त्यसको केही समयपछि उनी तत्कालीन राजा वीरेन्द्रको सुरक्षामा खटिए।

नेपाली सेनाको हवल्दार मेजर पदमा रहेर पूर्व राजाको सुरक्षासँगै नारायणहिटी दरबारको सेवाको अनुभव लिएका राजवंशीको वि.सं. २०५५ मा सूर्यविनायकमा सरुवा भएपछि पाँच वर्षमात्र नेपाली सेनामा काम गरे ।

सेनामा रही काम गर्दाको अनुभवसंगै राजवंशी शब्दकोष भण्डार तयार गर्दा राजवंशी भाषा अनुवाद समितिमा रहेर गरेको कामले उनलाई थप परिचित बनायो । राजवंशी शब्दकोष भण्डार अंग्रेजी र नेपालीमा समेत अनुवाद गरिएपछि उनी त्यस क्षेत्रमा मात्र नभई बाहिर पनि उत्तिकै लोकप्रिय छन् ।

सेनामा जागिरे हुँदा कालीबक्स गणअन्तर्गतको इञ्जिनियरिङ गणमा कार्यरत रहँदा धुन्चेदेखि सोमदाङसम्मको १ सय ५ किलोमिटर सडक निर्माण र नौ महिनासम्म शैन्य तालीम केन्द्रमा रहँदा त्रिशूलीको सडक निर्माण गरेको सम्झदै उनले गाउँमै विकास निर्माणका काम अघि बढाउने निर्णय गरे। अन्ततः उनी आफ्नै गाउँको मुहार फेर्न लागि परेका छन् ।

राजवंशीको अहिले पनि पहिलो काम विकास नै हो । उनी हरदम हर समय विकास निर्माणका काममा केन्द्रित रहन्छन् । सुनकोशी बचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष समेत रही सकेका राजवंशी विकासको दृष्टिकोणले पछि परेको राजगढलाई नमूना गाउँ बनाउने सोचका साथ चुनावी मैदानमा होमिएका थिए र अन्ततः सफलता हात पारे ।

राजवंशीको पहिलो प्राथमिकता हो सडक निर्माण । सडक निर्माणसँगै विद्युतीकरण, सिँचाइको व्यवस्था, स्वच्छ खानेपानी र कृषकलाई व्यावसायिक कृषि प्रणालीमा लागेर आत्मनिर्भर बनाउनु नै हो । जंगली हात्तीको उपद्रोले राजगढवासीलाई आक्रन्त पारेपछि उनी अहिले अलमलमा परेका छन् । दिन प्रतिदिन हात्तीको उपद्रोका कारण राजगढवासीको धनजनको सुरक्षा कसरी गर्न सकिएला भन्ने ठूलो चिन्ता छ राजवंशीलाई ।

दलगत स्वार्थभन्दा माथि उठेर उनले गाउँपालिका अध्यक्ष खड्गप्रसाद राजवंशीसँग मिलेर वडा नम्बर ३ को राजगढ बजारलाई स्मार्ट सिटी बनाउने अवधारणा अघि सारेका छन्। गाउँपालिकाले सो कार्यका लागि रु एक करोड १० लाख बजेट विनियोजन गरेको छ ।

“राजगढ बजारलाई व्यवस्थित गर्न डिपीआर तयार भइरहेको छ,” उनले भने। रु १० करोड ६९ लाखको लागतमा फैंदारघाट सिँचाइ आयोजना तथा रु १६ करोडको लागतमा राजगढ खानेपानी आयोजना सञ्चालनमा छ । एउटा आर्थिक वर्षमा झण्डै रु ३० करोड बजेट एउटै वडामा भित्र्याएर विकास निर्माणका लागि देखाएको तदारुकताका कारण राजवंशी अहिले सबैका साझा नेता बनेका छन् । रासस

0 Comments