११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

यात्रुबाट मनोमानी भाडा असुलिँदै

अ+ अ-

बैतडी । ट्राफिक प्रहरीले जिल्लामा सञ्चालित जिपबाट सिट हटाएसँगै यात्रुलाई सास्ती भएको छ । ट्राफिक प्रहरीले बोलेरो जिपको पछाडिको सिट हटाएपछि यात्रु दोब्बर भाडा तिरेर यात्रा गर्न बाध्य छन् ।

सवारीसाधन सञ्चालकले नियमविपरीत जिपमा पछाडि सिट थपेको भन्दै जिल्ला ट्राफिक प्रहरी कार्यालयले जिल्लामा चल्ने ८० भन्दा बढी जिपका सिट झिक्न लगाएको थियो । यसअघि बोलेरो जिपले १५ जनासम्म यात्रु बोक्ने गरेकामा अहिले ५ जना मात्र बोक्नुपर्ने बाध्यता छ ।

एउटा जिपमा ५ जना मात्र बोक्न पाइने भएपछि आवतजावत गर्न निकै मुश्किल भएको दशरथचन्द नगरपालिका–४ का चन्द्रप्रकाश लोहिया बताउछन् । ‘गाडी कुर्दाकुर्दै दिन बित्छ,’ उनले भने, ‘बसपार्कबाटै जिप नचढे यात्रा गर्नै सकिन्न ।’ सवारीसाधान नपाएपछि घण्टौँ हिँडेरै यात्रा गर्नुपर्ने सुर्नया–३ की पवित्रा भट्ट बताउछन् । जिपले चर्को भाडा असुल्ने गरेको उनको भनाइ छ ।

गोकुलेश्वरदेखि गन्नासम्मको भाडा रु १०० भए पनि अहिले रु २५० सम्म लिने गरेको स्थानीयवासी गङ्गासागर जोशीको गुनासो छ । सीमित मात्रामा चल्ने जिपले यात्रु महङ्गो भाडा तिर्न बाध्य भएको जोशी बताउछन् । प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरे बढी भाडा असुल्नेलाई कारवाही गरिने बताउछन् ।

सम्भावित दुर्घटना न्यूनिकरण गर्न थप गरिएका जिपका सिट हटाउन लगाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी सहायक निरीक्षक आकाश रावलले बताए । ५ सिट क्षमताको जिपमा १५ जनासम्म यात्रुसँगै सामान बोक्दा दुर्घटना धेरै हुने गरेको उनको भनाइ छ । पहिला दुर्घटना हुँदा यातायात कम्पनीले क्षतिपूर्ति दिने व्यवस्था भए पनि अहिले सरकारले यातायातमा सिन्डिकेट हटाएपछि दुर्घटनामा परेका यात्रुले क्षतिपूर्ति पाउन सकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस