११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अनुसन्धानमा प्रहरीले लापरवाही गर्नुहुँदैन : महानिरीक्षक खनाल

अ+ अ-

काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले समाजमा हुने जुनसुकै प्रकृतिको हिंसाको अनुसन्धानमा प्रहरीले लापरवाही गर्न नहुने बताएका छन् ।

एशियाली विकास बैँक, नेपाल प्रहरी अपराध अनुसन्धान विभाग र महिला तथा बालबालिका निर्देशनलायले आज यहाँ आयोजना गरेको ‘लैङ्गिक हिंसा नियन्त्रण सञ्जाल समितिको परिमार्जित कार्य सञ्चालन –२०७५’ सम्बन्धी गोष्ठीमा उनले महिला बालबालिका हिंसाको अनुसन्धानमा शून्य सहनशीलता अपनाउनुपर्ने बताए । ‘अनुसन्धानमा जानीजानी लापरवाही गर्ने कुुरा प्रहरी सङ्गठनका लागि क्षम्य हुँदैन,’–उनले भने ।

महानिरीक्षक खनालले गत महीना प्रहरीले समाजमा हुने अपराध नियन्त्रण गर्न ‘प्रहरी–समुदाय साझेदारी कार्यक्रम’ ल्याएको भन्दै यसको सफल कार्यान्वयन भए समाजमा हुने जुनसुकै प्रकृतिका हिंसामा कमी आउने विश्वास व्यक्त गरे। उनले प्रहरीले महिला तथा बालबालिकामाथि हुने हिंसामा ८७ प्रतिशत सफल अनुसन्धान गरेको बताउँदै यसले मात्र अनुसन्धान पूरा नहुने स्पष्ट पारे। ‘९५ प्रतिशत नतिजा दिने गरी प्रहरीले काम गर्नुपर्छ,’– महानिरीक्षक खनालले भने ।

उनले प्रहरीबाट हुने हरेक किसिमका क्रियाकलापमा महिला सहभागितालाई प्राथमिकता दिएको बताए । संयुक्त राष्ट्र संघीय मिसनमा प्रतिनिधित्व हुने प्रहरी जनशक्तिमा महिलाको मात्र छुट्टै्र मिसनको व्यवस्था गर्ने सोच प्रहरीले अगाडि बढाएको उनको भनाइ थियो ।

काठमाडौं महानगरपालिका उपप्रमुख हरिप्रभा खड्गीले धनी र इज्जतदार परिवारबाटै महिला तथा बालबालिकामाथि हिंसा हुने गरेको भन्दै यसको रोकथाम गर्न व्यक्ति स्वयं सुध्रिनुपर्ने बताए। उपप्रमुख खड्गीले स्थानीय तहको निर्वाचनसँगै ९४ प्रतिशत महिला उपप्रमुखमा चुनिएर आएको बताउँदै यसको रोकथामका लागि महिला नै जागरुक हुनुपर्ने उल्लेख गरे ।

एशियाली विकास बैँक नेपालको तर्फबाट महिला तथा बालबालिकाको क्षेत्रमा लामो समय काम गरेका कार्यक्रम संयोजक सुलोचना श्रेष्ठले महिला तथा बालबालिकामाथि हुने हिंसा नियन्त्रणमा ८ वर्षदेखि एडिबीले नेपाल प्रहरीसँग सहकार्य गर्दै आएको बताए । “सन् २०१० मा जुम्लाका ३० गाउँ विकास समितिबाट शुरु भएको यो अभियान अहिले नेपालका २० जिल्लामा सञ्चालित छ,’–उनले भने, ‘न्यायमा पहुँच प्रदान गर्न यो कार्यक्रम ७७ वटै जिल्लाका सबै स्थानीय तहमा सञ्चालन गर्नुपर्ने उनको भनाइ थियो ।’

प्रहरी अतिरिक्त महानिरीक्षक पुस्कर कार्की र प्रहरी नायब महानिरीक्षक हरिभक्त प्रजापतिले प्रहरीले सीमित स्रोतसाधनकाबीच पनि महिला तथा बालबालिकामाथि हुने हिंसा न्यूनीकरण तथा रोकथाममा प्रशस्त काम गरेको उल्लेख गरे । दुई दिनसम्म चल्ने गोष्ठीमा ७७ वटै जिल्लाका प्रहरी कर्मचारीको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस