११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संघीयता नितान्त मौलिक हो : सभामुख महरा

अ+ अ-

गाईघाट । सभामुख कृष्णबहादुर महराले नेपालको संघीयता अन्य देशको भन्दा नितान्त फरक र आफ्नै देशको परिवेशमा आधारित रहेको बताएका छन् ।

उदयपुरको गाईघाटमा आज आयोजित संविधान, संघीयता कार्यान्वयन र अन्तर सम्बन्ध विषयक अन्तक्र्रिया कार्यक्रममा सभामुख महराले नेपाल बहुभाषी, बहुजाती र बहुधार्मिक देश हुनाले पनि हाम्रो संघीयता आफ्नै मौलिक प्रकारको रहेको छ भने ।

]जनप्रतिनिधिले संघीयताको नाममा अन्य देशको जस्तो चाहियो भनेर अधिकारको कुरा गर्नु भन्दा हाम्रो देशको भौगोलिक, संस्कृति, जातीय बनावट हेरेर मात्र हाम्रो मौलिक सङ्घीयता स्वीकार गर्नपर्ने आवश्यकता रहेको धारणासमेत सभामुख महराले व्यक्त गरे ।

राज्यको ३ नै तहले अधिकार खोज्दा र कुरा गर्दा संविधानले निर्दिष्ट गरेकोमात्र आफूहरुको अधिकार हो भनेर बुझ्न समेत उपस्थित जनप्रतिनिधिलाई उनले आग्रह गरे । कार्यक्रममा प्रशासकीय अदालतका अध्यक्ष काशीराज दाहाल र अधिवक्ता रामबहादुर थापाले समेत नेपालको वर्तमान संघीयता र तीनै तहको अधिकारकारको बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको जिल्ला समन्वय समिति उदयपुरका अध्यक्ष खड्ग परियारले बताए ।

जिल्ला समन्वय समिति उदयपुरले आयोजना गरेको सो कार्यक्रममा जिल्लाका आठ स्थानीय तहका प्रमुख, उपप्रमुख, गाउँपालिकाका अध्यक्ष उपाध्यक्ष सहितका जनप्रतिनिधिको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस