सल्यान । आगलागीबाट आज २ घर जलेर नष्ट भएको छ । कालिमाटी गाउँपालिका– ६ घारेघारीमा आगलागी हुँदा ओमबहादुर खत्री र चित्रबहादुर खत्रीको घर जलेर नष्ट भएको स्थानीय हिरालाल शर्माले जानकारी दिए।
आगलागीबाट लत्ताकपडा, अन्नपात र पसलको सम्पूर्ण सामान जलेर नष्ट भएको छ । आगलागीको कारण खुल्न सकेको छैन । घर जलेर नष्ट भएपछि पीडित छिमेकीको घरमा बसेका छन् ।