१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चुरे संरक्षण कार्यक्रम प्रभावकारी नहुँदा चिन्ता : पूर्वराष्ट्रपति डा. यादव

अ+ अ-

घोराही । पूर्वराष्ट्रपति डा.रामवरण यादवले डरलाग्दो गरी बढेको प्रदूषणले आफूलाई धेरै चिन्तित बनाएको बताएका छन् । उद्योग वाणिज्य संघ दाङले घोराहीमा आयोजना गरेको छलफल एवं स्वागत सम्मान कार्यक्रममा डा यादवले उद्योगीलाई वातावरणीय अवस्थालाई ख्याल राखेर मात्रै आफ्ना उद्योगधन्दा सञ्चालन गर्न आग्रह गरे ।

‘दाङ निकै सुन्दर उपत्यका छ तर यहाँ ४/५ वटा सिमेन्ट उद्योग छन्, सुन्दर ठाउँमा किन उद्योग खोलिए रु’ उनले प्रश्न गर्दै भने, ‘यसले यहाँको वातावरण सन्तुलन हुन दिन्छ त ?’

डा.यादवले आफ्नो पालामा शुरु भएको चुरे संरक्षण कार्यक्रम प्रभावकारी ढङ्गले सञ्चालन हुन नसकेको भन्दै चिन्ता व्यक्त गर्। चुरे क्षेत्रको जङ्गल मासिनु तथा ढुङ्गा, माटो उखनन गरिनुले भूक्षय, मरुभूमीकरण र जलसम्पदाको नाश भइरहेकामा दुखेसो व्यक्त गर्दै जलवायु असरको कारणले पनि व्यापार– व्यवसाय र कृषिमा घाटा लागेकाले यसमा चनाखो रहन उद्योगी व्यवसायीलाई आग्रह गरे ।

पछिल्लो समयमा विकासको नाममा जथाभावी डोजर लगाइनुले पनि वातावरण विनाश भइरहेको छ भन्दै उनले वातवरणमैत्री विकासको आवश्यकता रहेको धारणा राखे । यसमा नेपालका तीनै तहका सरकार, नागरिक समाज, बुद्धिजीवी र सञ्चारकर्मी सबैको साथ र सहयोगको आवश्यकता उनले औँल्याए ।

अर्को प्रसङ्गमा डा.यादवले भने, ‘मेरो प्रमुख चाहना संविधान लागू होस्, सुशासन कायम रहोस्, स्वच्छ वातावरण होस्, देशको विकास तीव्र भएको देख्न पाइयोस् भन्ने नै छ ।’

सो अवसरमासंघका सभापति नारायण भुसालले ५ नं प्रदेशका सबै जिल्लाको बीचमा परेको र हावापानी राम्रो भएकाले दाङलाई प्रदेशको राजधानी बनाउन सबैले पहल गर्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस