१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अदुवाकोे आकर्षक मूल्य पाउँदा किसान दङ्ग

अ+ अ-

डोटी । अदुवाको आकर्षक बजारमूल्य पाउँदा किसान यो वर्ष खुशी भएका छन् । गत वर्ष मूल्य झर्दा अदुवा सुकाएर बेच्न बाध्य भएका किसानले राहत महसुस गरेका छन् ।

सुदूरपश्चिमको कैलाली र डोटीको चुरे क्षेत्र अदुवा खेतीका लागि उर्वर क्षेत्र हो । बडीकेदार गाउँपालिकाका किसान खडक मौनीले राम्रो मूल्य पाएकाले अदुवा बिक्री गरी सकिएको बताए ।

‘गत वर्ष अदुवाबाट जम्मा १५ हजार जति मात्र कमाइ भयो’, मौनीले भने, ‘पन्ध्र क्विन्टल फलाएको भए पनि मूल्य घटेकाले व्यापारीले किन्न पनि मानेनन् ।’ उनले गत वर्ष बिपीनगर बजारमा आफैँ अदुवाको भारी बोकेर बेच्न लग्नुपरेको पीडा सुनाए । तर यो वर्ष व्यापारी तथा अदुवा कम्पनी घरघरमै आएर अदुवा लैजान लागेका छन् ।

गत वर्ष किसानले मुस्किलले अधिकतम २० रुपैयाँसम्म प्रतिकिलो अदुवाको मूल्य पाएका थिए । यो वर्ष भने अदुवाको न्यूनतम मूल्य किसानले रु ३५ पाएको किसान बलबहादुर बुढामगरले बताए । गत वर्ष अदुवाबाट ३० हजार मात्र कमाएका उनले यो वर्ष रु एक लाख २० हजार आम्दानी गरेका छन् ।

मूल्य नपाउँदा गत वर्ष अधिकांश किसानले अदुवा सुठो बनाएर बिक्री गरेका थिए । डोटीमा भारतका व्यापारी स्थानीय व्यापारीसँग सहकार्य गरी अदुवा सङ्कलनका लागि गाउँ छिर्ने गर्छन् । डोटीको बिपीनगर, निरौली, बर्छैन, मान्नाकापडी, घाङ्ल, लाना, चवराचौतारा, केदारअखडा, सिमचौरलगायतका गाउँमा अदुवा अत्यधिक उत्पादन हुने गर्छ ।

डोटीमा मात्रै वार्षिक १० हजार मेट्रिकटन अदुवा उत्पादन हुने गरेको सुदूरपश्चिम प्रदेश कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, कृषि प्रवर्द्धन महाशाखा प्रमुख यज्ञराज जोशीले जानकारी दिए ।

पहाडको अदुवामा तेल बढी हुने, सुगन्धित र स्वास्थ्यका लागि हितकारी हुने भएकाले पनि बजारमा यसको माग बढ्दै गएको जोशीले बताए । पछिल्लो समय नेपालको अदुवालाई स्तरीकरण गरेर बाहिरी मुलुक निर्यात गर्ने गरेका कारण किसानले राम्रो मूल्य पाउने गरेको उनको दाबी छ ।

‘अहिले नेपालमै अदुवा प्रशोधन गरेर पनि बाहिर निर्यात हुने गरेको छ’, उनले भने, ‘यसअघि किसानले खेतबाट खनेर बोरामा हाली बाहिर पठाउँदा मूल्य दिन अन्तर्राष्ट्रिय व्यापारीले मानेका थिएनन् ।’

डोटी र कैलालीका किसानले उत्पादन गर्ने अदुवालाई लक्षित गरी कैलालीको चुरे क्षेत्र सहजपुरमा अदुवा प्रशोधन गर्ने ‘ओएमसी’ नामक कम्पनी स्थापना गरिएको छ । ग्रामीण पहुँच विकास केन्द्र तेस्रो चरणको सहयोग र समन्वयमा स्थापना गरिएको सो कम्पनीले डोटीको अदुवा प्रशोधन गरेर जर्मनलगायतका अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्ने गरेको ग्रामीण पहुँच विकास केन्द्र तेस्रो चरणका जिल्ला प्रबन्धक राजेन्द्र गिरीले बताए ।

उनले किसान तथा अदुवाको बीमा गर्ने, अदुवा खेतीका लागि ऋण उपलब्ध गराउने जस्ता प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन गरेका कारण पनि किसानले कम जोखिममा राम्रो मूल्य पाउने गरेको दाबी उनको छ ।

प्रतिक्रिया दिनुहोस