२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुर्खेतमा चितुवाको छालासहित युवक पक्राउ

अ+ अ-

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा आइतबार ध्वाँसे चितुवाको एक र चितुवाको छालासहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले चितुवा तथा ध्वाँसे चितुवाको छालासहित युवकलाई पक्राउ गरेको हो । ५ नं प्रदेशको अपराध अनुसन्धान समूहको विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय, सुर्खेत र सो अपराध अनुसन्धान समूहको संयुक्त टोलीले कर्णाली राजमार्गअन्तर्गत वीरेन्द्रनगर नगरपालिका–३ ऐरी चोकस्थित सडकमा हिँडिरहेको अवस्थामा एक युवकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता दीपेन्द्रबहादुर क्षेत्रीले जानकारी दिए ।

पक्राउ पर्ने युवक रास्कोट नगरपालिका–४ कालीकोटका २९ वर्षीय टङ्कप्रसाद उपाध्याय हुन् । विशेष सूचनाका आधारमा युवकले बोकेको झोला जाँच गर्दा झोलामा चितुवाको छाला र ध्वाँसे चितुवाको छाला दुई थान भेटिएको बताइएको छ ।रासस