२६ असार २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्वास्थ्य बीमाप्रति सर्वसाधारण उत्साहित

अ+ अ-

लहान । स्वास्थ्य बीमा कार्यक्रमप्रति सिरहाका सर्वसाधारण उत्साहित भएका छन् । गत फागुन २ गतेदेखि स्वास्थ्य बीमा कार्यक्रम लागू भएको छ ।

स्वास्थ्य बीमा कार्यक्रम लागू भएपछि स्वास्थ्य बीमा बोर्ड लहान शाखाले जिल्लाका सम्पूर्ण स्थानीय तहका वडामा सहजकर्तामार्फत प्रचारप्रसारसँगै बीमितहरुको नाम दत्र्ताको कार्य शुरु गरेको हो ।

स्थानीय तहका सम्पूर्ण वडामा बीमितको नाम दत्र्ता शुरु गरेपछि नाम दत्र्ता गराउन सर्वसाधारणको भिड लाग्न थालेको स्वास्थ्य बीमा बोर्ड शाखाले जनाएको छ ।

प्रत्येक वडामा १/१ सहजकर्ता परिचालन गरी बीमाको महत्व, यसको प्रक्रिया र बीमा कार्यक्रमबाट प्राप्त हुने सुविधाका बारेमा प्रचारप्रसार गर्नुका साथै बीमा गराउनेको नाम दत्र्ताको कार्य भइरहेको बीमा अधिकारी भोगेन्द्र साहले जानकारी दिए ।

सहजकर्तामार्फत दत्र्ता भएको बीमितको नामलाई यही महीनाबाट कम्प्युटरमा दत्र्ता गर्न शुरु गरिएको र अहिले नाम दत्र्ता हुने बीमित्तले आउँदो जेठ महीनाबाट बीमा सेवा पाउने साहले बताए।

पाँचजनाको परिवारले वार्षिक रुपमा प्रतिपरिवारले रु २ हजार ५०० को प्रिमियम तिरे स्वास्थ्य उपचारवापत वार्षिक रु ५० हजारको स्वास्थ्य बीमा पाउने व्यवस्था छ । पाँचजना भन्दा बढी सदस्य भएमा प्रति थप सदस्यले वार्षिक रु ४२५ का दरले थप प्रमियम तिर्नुपर्ने र सुविधा रु १० हजार थपिने छ ।