२६ असार २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महानगरपालिकाद्वारा निर्माण सामग्रीको गुणस्तर परीक्षण शुरु

अ+ अ-

रत्ननगर । भरतपुर महानगरपालिकाले निर्माण सामग्रीको गुणस्तर परीक्षण शुरु गरेको छ । यसअघि महानगरभित्र बनेका सडक, भौतिक पूर्वाधार एवं निर्माण सामग्रीको परीक्षण गर्न सडक डिभिजन कार्यालय भरतपुर र काठमाडौँ पठाउनुपर्ने हुन्थ्यो ।

परीक्षण ल्याब (प्रयोगशाला) को निर्माण भरतपुर महानगरपालिकाको वार्षिक कार्यक्रम अनुसार रु १० लाखको लागतमा गरिएको महानगरका कार्यकारी अधिकृत नेत्रप्रसाद सुवेदीले जानकारी दिए ।

परीक्षण ल्याब (प्रयोगशाला) मा परीक्षण गरेर मात्र महानगरभित्र भौतिक निर्माणका काम गर्नुपर्ने भएकाले अब बन्ने संरचनाको गुणस्तरमा वृद्धि हुने उनको भनाइ छ । ल्याबमा सडक निर्माणपछि त्यसको गुणस्तर र निर्माण पूर्व गिट्टी, बालुवा, छडको गुणस्तर र आकार परीक्षण गर्न सकिन्छ ।

ल्याब उद्घाटन कार्यक्रममा भरतपुर महानगर प्रमुख रेनु दाहालले विकास निर्माणका कामलाई थप प्रभावकारी, गुणस्तरीय र दिगो बनाउन महानगरले आफ्नै प्रयोगशाला निर्माण गरेको बताए । विकास र गुणस्तरलाई सँगसँगै लैजान महानगरले यसको आवश्यकता महसुस गरी सञ्चालनमा ल्याएको उनको भनाइ छ ।