काठमाडौं । सरकारले भिक्षु अश्वघोषको अन्त्येष्टि विेष सम्मानका साथ गरिने भएको छ ।
मन्त्रिपरिषद्को आइतबार बसेको आकस्मिक बैठकले भिक्षु अश्वघोष महास्थविरलाई विशेष राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको हो ।
भिक्षु अश्वघोष महास्थविरको शुक्रबार निधन भएको थियो ।
उनी २०५९ देखि ५४ सम्म राष्ट्रियसभाका सांसद थिए ।
राष्ट्रिय जीवनमा महत्वपूर्ण योगदान पुर्याएका व्यक्तिको रुपमा एमालेले उनलाई राष्ट्रियसभा सदस्य बनाएको थियो ।







