डोटी । डोटी जिल्लामा पछिल्लो समयमा हुने सार्वजनिक सरोकारका जुनसुकै कार्यक्रमहरूमा छाउपडी प्रथाका विरुद्धमा आवाजहरू उठ्ने गरेका छन् ।
बोगटान फुड्सिल गाउँपालिकाको सहयोग तथा सामुदायिक प्रहरी सेवा केन्द्र डोटीको आयोजनामा मङ्गलवार गाउँपालिकाको कार्यालयमा गरिएको समुदाय प्रहरी साझेदारी कार्यक्रममा बोल्ने अधिकांश बत्ताहरुले छाउपडी प्रथाका विरुद्धमा आवाज उठाएका थिए ।
कार्यक्रमकी प्रमुख अतिथि समेत रहनुभएकी दिपायल सिलगढी नगरपालिकाकी नगर प्रमुख मञ्जु मलासीले महिलाले हिंसा सहेर बसेका कारण महिला माथीे हिंसा बढ्दै गएको बताएकी छिन् ।
समाजमा रहेका विद्यमान कुरीतिका विरुद्धमा छाउपडी प्रथा, बाल विवाह, लैङ्गिक हिंसा, बहु विवाह तथा घरेलु हिंसा लगायतका घटना न्यूनिकरणका लागी प्रहरीको अगुवाइमा समुदाय प्रहरी साझेदारी कार्यक्रम सञ्चालन भइरहेको छ सबैले सहयोग गर्नुपर्ने समेत बताइन् ।
प्रहरीको आँखा नै नागरिक भएका कारण नागरिकको सहयोग बिना प्रहरीको मात्र अनुसन्धान सफल हुन नसक्ने जिल्ला समन्वय समिति डोटीका उप-संयोजक शशि सोवले बताउनु भयो । उनले सामाजिक कुरीतिको रूपमा रहेको छाउपडी प्रथाको उन्मुलनमा समेत नागरिकले अगुवाइ गर्नुपर्ने बताइन् ।
नेपालको संविधानले छाउपडी प्रथालाई अपराधको रूपमा स्वीकार गरेकाले त्यस्ता हानिकार प्रथा छोड्नु पर्ने डोटीका सहायक प्रमुख जिल्ला अधिकारी टेक नारायण पौड्यालले बताए । उनले भने ‘केही यस्ता कुरुतीहरु जुन सरकारले अपराधको रूपमा हेर्ने गरेको भएपनी हामीहरूले मान्नै पर्ने बाध्यता छ ’ त्यसको अन्यकालागि स्वतः नागरिक नै सचेत र शिक्षित हुनुपर्ने उनले बताए ।
भौतिक विकास मात्र समग्र विकास नभएका कारणले बोगटान पेन्सिल गाउँपालिकाले सामाजिक कुरीतिका विरुद्धमा पनि अभियान सञ्चालन गरेको अध्यक्ष कमलबहादुर गडसिलाले बताए । नागरिकमा चेतना र दाईत्वमा वृद्धि नभएसम्मका लागी कुनै पनि ठाउँको विकास हुन नसक्ने अध्यक्ष गडसिलाको बुझाई छ ।
नागरिक पनि बर्दी बिनाको प्रहरी भएका कारणले अपराधका विरुद्धमा सधैँ नागरिक र प्रहरी सधैँ एक साथ हुन पर्ने जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरीक्षक लालबहादुर धामीले बताए । उनले भने ‘समुदाय प्रहरी साझेदारी कार्यक्रमको सुरुवात हो ।
यसलाई थप प्रभावकारी बनाउन स्थानीय तहरुले पनि समय समयमा सञ्चालन गर्न सकिने पनि उनको भनाइ छ ।
प्रहरीले पछिल्लो समयमा जनचेतना मूलक अन्तरक्रिया कार्यक्रमका साथै नागरिकलाई सहायता पुगोस् भन्ने हेतुले नेपाल प्रहरीको काम कर्तव्यका साथै कुनै अपराधीक घटना, प्रकोप जन्य घटना, कुनै दृघटना भई हाले प्रहरीलाई कसरी छिटो भन्दा छिटो सम्पर्क गर्न सकिन्छ भन्ने विषयमा पनि टोल टोल, क्याम्पस, विद्यालयहरूमा पनि फोन नम्बरहरू बाँड्दै जानकारी गराउँदै आएको छ ।
नेपाल प्रहरीले देश व्यापी रूपमा जनसम्पर्क बढाउन समय समयमा विभिन्न अभियानहरू सञ्चालन गर्ने गरेको छ । मुस्कान सहितको प्रहरी सेवा, टोलटोलमा प्रहरी, समुदायमा प्रहरी लगायतका अभियानहरू सञ्चालन गर्दै आइरहेको छ ।






