काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि ब्रुनाई दरुसलामकी नवनियुक्त गैरआवासीय राजदूत सिति अर्निफरिजा बिन्ती हाजी मोहम्मद जैनीबीच शिष्टाचार भेटवार्ता भएको छ ।
परराष्ट्र मन्त्रालयमा शुक्रबार भएको भेटवार्तामा नेपाल र ब्रुनाई दरुसलामबीचको द्विपक्षीय सम्बन्ध थप सुदृढ बनाउने तथा आपसी सहयोग अभिवृद्धि गर्ने विषयमा छलफल भएको हो ।
भेटका क्रममा परराष्ट्रमन्त्री खनालले राजदूत जैनकीलाई नियुक्त भएकोमा बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।
मन्त्रालयका अनुसार भेटवार्तामा दुवै देशबीच रहिआएको मैत्रीपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउँदै आगामी दिनमा आपसी सहकार्य र सहयोग विस्तार गर्ने विषयमा विचार आदानप्रदान भएको थियो ।




