२५ असार २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सेतो मत्स्येन्द्रनाथ जनबहालमै, क्षमा पूजा गरिँदै

अ+ अ-

काठमाडौं । वर्षा र सहकालका देवता सेतो मत्स्येन्द्रनाथको रथलाई बुधबार बेलुकी लगनमा विशेष पूजा गरेर सानो रथमा राखी पुजारीले मत्स्येन्द्रबहालस्थित मन्दिरमा प्रवेश गराएका छन् ।

बुधबार राति मत्स्येन्द्रबहाल (जनबहाल) ल्याइएको सेतो मत्स्येन्द्रनाथको आज बिहान क्षमा पूजा गरी मूर्तिलाई पुरानै स्थानमा राखेपछि यो जात्रा समाप्त हुने रथ व्यवस्थापन समितिका अध्यक्ष एवं काठमाडौं महानगरपालिका–२५ का अध्यक्ष नीलकाजी शाक्यले जानकारी दिए ।

यसअघि वैशाख ४ गते बुधबार बिहान भक्तजनले नै लगनटोलमा रथ तानेका थिए । मङ्गलबार दिनभर पूजा एवं दर्शनका लागि रथ लगनमै राखिएको थियो । त्यसै दिन बेलुकी सेतो मत्स्येन्द्रनाथलाई माता (माँ सीमा) को परिक्रमा गराइएको थियो ।

चैत्र शुक्ल नवमीका दिन दरबामार्गस्थित तीनधारा पाठशालाबाट रथयात्रा शुरु गरिएको हो । त्यस दिन रथलाई असनमा पुर्‍याइएको थियो । रथ असनमा पुर्‍याइएको राति नै राष्ट्रपति विद्यादेवी भण्डारीले सेतो मत्स्येन्द्रनाथको दर्शन गरेका थिए । प्राचीनकालदेखि नै सेतो मत्स्येन्द्रनाथको रथयात्रा असन पुर्‍याएपछि राष्ट्राध्यक्षले दर्शन गर्ने परम्परा छ ।

दोस्रो दिन रथ हनुमानढोका लगी तेस्रो दिन लगन पुर्‍याउने परम्परा रहिआएको छ । रथ लगन पुर्‍याएपछि जीवित देवी कुमारीको दर्शन गराउने परम्परा छ । सत्रौँ शताब्दीमा शुरु भएको रथयात्रा काठमाडौं उपत्यकाको प्राचीन सभ्यता मानिन्छ । रथयात्राले धार्मिक सहिष्णुता र राष्ट्रिय एकतामा सहयोग पुग्ने समितिले जनाएको छ ।

सेतो मत्स्येन्द्रनाथको रथ तानेर रात्रि विश्राम गर्ने स्थलमा भक्तजनको भीड लाग्ने गर्छ । रथयात्रा गरेपछि वर्षा हुने र अनिकाल हटी सहकाल प्राप्त हुने धार्मिक विश्वास छ । यस्ता जात्राले नेपालको सभ्यता र संस्कृतिलाई भावी सन्ततिसम्म जीवित राख्ने राजधानीवासीको विश्वास छ । काठमाडौंमा सेतो मत्स्येन्द्रनाथको रथयात्रा समाप्त भएपछि मात्र ललितपुरमा रातो मत्स्येन्द्रनाथको रथयात्रा शुरु गर्ने प्राचीन परम्परा छ । रासस