३१ श्रावण २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ट्रेड युनियनले समानान्तर भूमिका खोज्न नहुने -मन्त्री पण्डित

अ+ अ-

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले ट्रेड युनियनले समानान्तर भूमिका खोज्न नहुने बताएका छन् ।

ट्रेड युनियन इन्टरनेशनल-पब्लिक सर्भिसेज एण्ड एलाइडले राजधानीमा आयोजना गरेको ‘दि रोल अफ ट्रेड युनियन वन एन्टिक्रप्सन एण्ड सर्भिस डेलिभरी इन पब्लिक सर्भिस’ कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पण्डितले सो कुरा बताएका हुन् ।

‘नीति निर्माणमा ट्रेड युनियनको महत्त्वपूर्ण भूमिका रहन्छ’ मन्त्री पण्डितले भने ‘तर खुद्रा मसिना कुरामा हरेक ठाउँमा भूमिका खोज्ने स्थिति हो भने युनियन समानान्तर सरकार होइन’

ट्रेड युनियन र सरकार मिलेरै अगाडी बढ्नु पर्ने बताउँदै मन्त्री पण्डितले आफ्नो भूमिकालाई बुझेर अघि बढ्यो भने कुनै कन्फ्यूजन नहुनेसमेत बताए ।

मन्त्री पण्डितले सरकार ट्रेड युनियनका जायज कुराहरूमा छलफल गर्न र निष्कर्षलाई कार्यान्वयनमा लैजान कुनै कसर बाँकी नराख्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।

कार्यक्रमको औचित्यका विषयमा बोल्दै सुधारको सुरुवात म बाट गर्छु भन्ने प्रतिबद्धता गर्‍यो भने मुलुक समृद्ध र नेपाली सुखी हुने कुरामा दुई मत नहरेको उनको भनाई छ ।

साथै ट्रेड युनियनहरूको आवश्यकता कसैले कोच्याएको नभई आवश्यकताको आधारमा भएको मन्त्री पण्डितको भनाई छ । उनले आवश्यकता रहुन्जेल ट्रेड युनियनलाई कसैले फालेर नफालिनेसमेत बताए ।

कार्यक्रमबाट बोल्दै मन्त्री पण्डितले वर्तमान सन्दर्भमा सेवा प्रवाहबाट जनता सन्तुष्ट नभएको बताएका छन् । ‘सेवा प्रवाहबाट जनता सन्तुष्ट हुन सकिरहेको छैन’ मन्त्री पण्डितले भने ‘यो एउटा तितो यथार्थ हो । यही गतिमा हामी रह्यौँ भने सुखी र समृद्ध बनाउन सक्छौँ कि सक्दैनौँ भन्नेमा प्रश्न चिन्ह उठ्छ ।’

उनले नेतृत्व तहले गल्ती गर्न नहुने समेत भनेका छन् । ‘बुझेर गल्ती गर्नेलाई थपेर सजाय दिनु पर्छ’ उनले भने ‘अगुवाहरूले नराम्रो कुरा आफूले गर्न हुँदैन’

मन्त्री पण्डितले सरकार र जनताले कामलाई माया गर्ने भएकोले जनताको एक एक रुपैयाँको मेहनत पसिनाबाट कमाएको प्रतिफल राष्ट्रसेवकबाट राष्ट्र र जनताले पाउनुसमेत बताए ।

त्यसमा कुनै सम्झौता नहुने गरी सरकार अगाडी बढ्ने बताउँदै मन्त्री पण्डितले उक्त कार्यका लागि ट्रेड युनियनहरूको साथ र सहयोग सधैँ रहने विश्वास व्यक्त गरे ।