१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कुसुण्डा बालबालिकालाई सहयोग घोषणा

अ+ अ-

दमौली । अति लोपोन्मुख जातिको रूपमा रहेको कुसुन्डा परिवारको बालिकाको शैक्षिक र स्वास्थ्य सहयोगका लागि सहयोग अभियान घोषणा भएको छ । नेपालको शिक्षा, पर्यटन र संस्कृतिको क्षेत्रमा काम गर्दै आएको साभ नेपालले तनहुँको व्यास नगरपालिका–१० डिहीगाउँ निवासी इन्द्रमाया कुसुण्डाकी छोरी सीमान्तको शिक्षा र स्वास्थ्यका लागि सहयोग अभियान घोषणा गरेको हो ।

आइतबार दमौलीमा साभ नेपालका अध्यक्ष तुलसी प्रवासले सीमान्त कुसुण्डा सहयोग अभियानको औपचारिकरूपमा घोषणा गरे । नेपालकै अति लोपोन्मुख जातिको रूपमा रहेका राजामामा कुसुण्डाको गत वर्ष निधन भएको थियो ।

कुसुण्डा परिवारको आर्थिक अवस्था ज्यादै दयनीय रहेकाले सीमान्तको शिक्षा र स्वास्थ्यका लागि सहयोग अभियान शुरु गरिएको उहाँले सो अवसरमा जानकारी दिए । अभियानअन्तर्गत पहिलो सहयोग साभ नेपालले नै गरेको छ । साभ नेपालको तर्फबाट सहयोग अभियानमा रु १० हजार सहयोग गर्ने प्रवासले प्रतिबद्धता जनाएका थिए । उनका अनुसार अभियानका लागि देश तथा विदेशबाट समेत सहयोगको प्रतिबद्धता आएको छ । सीमान्तलाई कक्षा १२ सम्म पढाउने र उनको स्वास्थ्य उपचार खर्च सबै ब्यहोर्ने उद्देश्यले सहयोग अभियान घोषणा गरिएको हो ।

उनका अनुसार अभियानबाट सङ्कलित रकमले कोष बनाइनेछ । उक्त कोषबाट प्राप्त रकमले सीमान्तको शिक्षा र स्वास्थ्य उपचारमा खर्च गरिनेछ । उनले भने, “सिधै हातमा पैसा दिनेभन्दा पनि स्वास्थ्य र शिक्षामा लगानी गर्ने उद्देश्य हो । साथै चाडपर्वको समयमा चाडपर्व मनाउन समेत केही पैसा दिने योजना बनाएका छौँ ।” उनले अभियानबाट सङ्कलित रकमलाई पारदर्शी बनाउने समेत प्रतिबद्धता जनाए । सीमान्त व्यास नगरपालिका–१० डिहीगाउँस्थित शतिस बोर्डिङ स्कूलमा अध्ययनरत छिन् ।

प्रतिक्रिया दिनुहोस