१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दुर्गममा अझै पुगेन पाठ्यपुस्तक

अ+ अ-

रारा । नयाँ शैक्षिक सत्र शुरु भएको दुई महीना पुगिसक्दा पनि मुगु जिल्लाको उत्तरी क्षेत्रमा पर्ने सोरु गाउँपालिकामा रहेका विद्यालयहरुमा अध्यनरत विद्यार्थीको हातमा किताब पुगेको छैन ।

किताब बिक्रीवितरणको जिम्मा लिएका स्टेशनरी तथा वितरकहरुले आवश्यक किताब समयमै ढुवानी गरेर बिक्रीवितरण गर्न नसक्दा जिल्लाका चार स्थानीय निकायमध्ये सोरु गाउँपालिकामा रहेका ४१ विद्यालयले शैक्षिक सत्र शुरु भएको दुई महीना हुन लाग्दा पनि किताब पाउन नसकेका हुन् ।

‘‘विद्यालय खुलेको दुई महीना भइसक्यो किताब अझै पाएका छैनौँ’’, भवानी मावि पुरुमुरु कक्षा १० मा अध्ययनरत विद्यार्थी पूर्ण शाहीले भन्नुभयो, ‘‘विद्यालयमा रहेका पुराना केही किताबबाट शिक्षकले पढाउने गरेका छन् । किताब लिन सदरमुकाम गमगढीमा दुई पटक पुग्दासमेत पाएनौँ । किताब नहुँदा घरमा पढ्न पाइएको छैन ।’’

कक्षा ६ देखि १० सम्मको किताब जनक शिक्षा सामग्री केन्द्र कर्णाली प्रदेश सुर्खेत कार्यालय र कक्षा १ देखि ५ सम्मका किताब काठमाडौंका निजी प्रकाशनबाट ल्याई छाँयानाथ रारा नगरपालिका, मुगु मकार्मारोङ्ग र सोरु गाउँपालिका सबै विद्यालयलाई बिक्रीवितरण गर्ने जिम्मा सदरमुकाम गमगढीमा रहेका केबी, जयलक्ष्मी, त्रिशक्ति र अविनाश स्टेसनरी तथा सप्लायर्सले जिम्मा लिएका छन् ।

पहिलो पटक ल्याएका किताब छाँयानाथ रारा नगरपालिका र मुगु मकार्मारोङ्ग गाउँपालिकाका सबै विद्यालयलाई बिक्रीवितरण गरेका थिए । सोरु गाउँपालिकाका ४१ विद्यालयका लागि ल्याएका किताब सुर्खेतको न्यू मनकामना ढुवानी सेवामा रहेका छन् । ढुवानी गर्न ढिलो गरेकाले सोरु गाउँपालिकाका ४१ विद्यालयले किताब नपाएको केबी स्टेशनरीका सञ्चालक केशव चौलागाईंले बताए ।

जिल्लाका चार स्थानीय तहमध्ये खत्याड गाउँपालिकामा शैक्षिकसत्र शुरु हुँदै किताब पुगेका थिए । छाँयानाथ रारा नगरपालिका र मुगु मकार्मारोङ्ग गाउँपालिकाका विद्यालयमा शैक्षिक शुरु भएको केही समयपछि किताब पुगेको छ ।

सोरु गाउँपालिकामा शैक्षिकसत्र शुरु भएको दुई महीना हुन लाग्दासमेत किताब नपुग्दा ४१ विद्यालयका कक्षा १ देखि ५ सम्मका दुई हजार ८६४, कक्षा ६ देखि १० सम्मका ६०५ जना विद्यार्थीले किताब विद्यार्थीहरु पढ्नबाट वञ्चित भएका विजय माविका शिक्षक वीरबहादुर बमले बताए । सोरु गाउँपालिकामा पुस्तक नपुग्दा यहाँका विद्यालयमा दुई महीनायता विद्यार्थी दिनहुँ विद्यालय जाने र दिनभरि खेलेर बेलुका घर फर्कने गरेका छन् । रासस

प्रतिक्रिया दिनुहोस