२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जेठमै रोपाइँको चटारो

अ+ अ-

बागलुङ । यतिबेला गलकोटका किसान बेफुर्सदिला छन् । खेतमा रोपाइँको चटारो छ । सिञ्चित र दुई बाली फल्ने खेतमा रोपाइँ छिटो हुन्छ । ‘प्रि–मनसुन’ सक्रिय हुँदा रोपाइँ छिटो शुरु भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

दैनिक जसो वर्षा हुन थालेपछि रोपाइँ सहज भएको किसान बताउँछन् । ‘धमाधम रोपाइँ चलेको छ, किसान व्यस्त छन्’, गलकोट नगरपालिका–७ का विनोद खड्काले भने। खड्काको खेतमा शनिबार रोपाइँ गर्ने तयारी छ ।

छिटो रोपाइँ हुनेमा जिल्लाको गलकोट, कुश्मीसेरा, खरबाङ र बुर्तिबाङ क्षेत्र पर्छ । गलकोटको मजुवा फाँट जिल्लाकै बढी धान उब्जाउ हुने ठाउँ हो । खोला आसपास र बाह्रैमास सिँचाइ पुग्ने खेतमा रोपाइँ छिटो हुने केन्द्रका कृषि प्रसार अधिकृत विनोद शर्माले बताए ।

‘रोपाइँ हुने मुख्य महीना त असार नै हो’, उनले भने, ‘गलकोटलगायतका केही ठाउँमा भने रोपाइँ शुरु भएको छ ।’ गहुँ र धान बाली मात्रै लगाउने खेतमा पनि रोपाइँ छिटो हुने गर्छ । मकै बाली हुने खेतमा भने मकै झिकेपछि रोपाइँ शुरु हुन्छ ।

असार अन्तिममा मात्र रोपाइँको वास्तविक तथ्याङ्क आउने केन्द्रले जनाएको छ । जिल्लाभर करीब पाँच प्रतिशत खेतमा रोपाइँ भएको अनुमान गरिएको छ । असारभित्रमा अधिकांश क्षेत्रमा रोपाइँ सकिन्छ ।

आकाशे पानीमा भर पर्ने खेतमा पनि दैनिक जसो परेको वर्षाले किसानलाई राहत मिलेको छ । मनसुन जति छिटो सक्रिय हुन्छ उति नै छिटो रोपाइँ हुँदै जाने अधिकृत शर्माको भनाइ छ । नेपालमा मनसुन भित्रने दिन अङ्ग्रेजी मिति १० जुन हो ।

जिल्लाको दक्षिण अमलाचौर, नारायणस्थान, बिहुँ, पाला, मालिका, बुर्तिबाङको उपल्लो भेग लगायतका ठाउँमा भने रोपाइँ ढिलो हुन्छ । बागलुङमा कुल छ हजार १२२ हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ ।

त्यसमध्ये दुई हजार ६३५ हेक्टरमा उन्नत र तीन हजार ४८७ हेक्टरमा स्थानीय जातको धान खेती गरिएको छ । पछिल्लो समय धान उत्पादनमा वृद्धि ल्याउन उन्नत जातको खेतीतर्फ किसान आकर्षित छन् ।

कार्यालयले पनि उन्नत धानको खेती बढाउन किसानलाई बीउ वितरण, बीउ वृद्धि कार्यक्रम सञ्चालन गर्दै आएको छ । उन्नत जातको धान लगाउँदा १५ प्रतिशतसम्म उत्पादन बढाउन सकिने बताइन्छ ।

जिल्लाको २० प्रतिशत सिञ्चित क्षेत्रमा मात्रै धान खेती हुँदै आएको छ । केही स्थानीय जातका साथै उन्नततर्फ माछापुछ्रे, छुन्दुङ, हिमाली, सावित्री, जेठो बुढो, सुख्खा १, २, ३ लगायतका उन्नत धानको खेती हुँदै आएको छ ।रासस