काठमाडौँ । प्रहरीले नुवाकोटका पत्रकार शालीकराम पुडासैनीको आत्महत्या प्रकरणमा जोडिएका विवादित टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेलाई पक्राउ गरेको पुष्टि गरेको छ ।
लामिछानेलाई पक्राउ गरिएको केहीबेरमै जिल्ला प्रहरी कार्यालय चितवनले एक विज्ञप्ति जारी गर्दै उनलाई पक्राउ गरिएको जानकारी गराएको हो ।
चितवन प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक एकनारायण कोइरालाले जारी गरिएको विज्ञप्तिमा २० साउनमा भरतपुर महानगर-१ पोखरा बसपार्कको होटल कंगारुको कोठा नं २०२ मा झुण्डिएर आत्महत्या गरेका पुडासैनीको सम्बन्धमा अनुसन्धान गर्न लामिछानेसहित युवराज कँडेल र रुकु भनिने अस्मिता कार्कीलाई पक्राउ गरिएको उल्लेख छ ।