काठमाडौं । पत्रकार शालिकराम पुडासैनी प्रकरणमा पक्राउ परेका रवि लामिछानेलाई ५ लाख धरौटीमा माग गरेपछि उक्त रकम बुझाएर उनी रिहा भएपछि विदेश यात्रामा जान भने रोक लगाएको छ ।
जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासले सिधा कुरा जनतासँग कार्यक्रम सञ्चालन गर्दै आएका लामिछानेलाई विदेश जानु अघि जिल्ला अदालतको अनुमति लिनु पर्ने आदेश गरेका छन्।
मुद्दाको फैसला नभएसम्मका लागि लामिछानेमाथि यो शर्त राखेको हो। मुलुकी फौजदारी संहिताको दफा १८५ को आत्महत्याका लागि दुरुत्साहन गरेको अभियोगमा जिल्ला अदालतमा मुद्दा दायर भएको थियो।
पत्रकार शालिकराम पुडासैनीको आत्महत्यामा उक्साएको आरोपमा उनीसहित तीन जना विरुद्ध मुद्दा दायर भएको थियो। मुलुकी संहिता अनुसार फौजदारी मुद्दा लागेको आरोपी व्यक्ति भएको भन्दै अदातलले रविलाई विदेश जानु अघि अनुमति लिनुपर्ने आदेश गरेको हो।