१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

फ्रान्समा आँधी आउँदा दुईको मृत्यु, हजारौँ घर विद्युत्विहीन

अ+ अ-

फ्रान्स । फ्रान्सको दक्षिण–पश्चिमी क्षेत्रमा आएको आँधीका कारण दुई जनाको मृत्यु भएको छ । घटनाका कारण त्यस क्षेत्रका हजारौँ घर विद्युत्विहीन भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

घटनामा परी मृत्यु भएका दुवैजना निवृत्तिभरण पाइरहने व्यक्ति रहेको समाचारमा जनाइएको छ । मृत्यु भएकामध्ये एकजना ७० वर्षका रहेका छन् । उनको बास्क्यु काउन्ट्र अन्तर्गतपर्ने प्यरेनीस एट्लान्टीकमा मृत्यु भएको हो । सवारीसाधनमा रहेका बेला ढलेको रुखले उनलाई च्यापेको जनाइएको छ ।

त्यसैगरी लोट एट गारोन क्षेत्रमा ७६ वर्षका अर्का एक वृद्धको मृत्यु भएको विवरण आएको छ । उद्धारकर्ताले उनको शव झण्डै २४ घण्टापछि पत्ता लगाएका थिए । शव घरदेखि एक किलोमिटर टाढा भेटिएको अधिकारीले जनाएका छन् ।

उनीहरुका अनुसार अरु पाँच जना घाइते भएका छन् । तीमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । उद्धारकर्ताले उनीहरुलाई च्यापेको रुख हटाएका छन् । घटनास्थलबाट उनीहरुलाई उद्धार गरेर उपचार गर्न लगिएको छ ।

शनिबार दिउँसोदेखि त्यस क्षेत्रका झण्डै ४० हजार घरका विद्युत्सेवा अवरुद्ध भएको छ भने बेलुकाको समयमा १५ हजार घरमा विद्युत्सेवा कटौती भएको अधिकारीले जनाएका छन् ।

उपभोक्तलाई विद्युत् सेवा जतिसक्तो चाँडो उपलब्ध गराउनका लागि दुई हजार जना प्राविधिक खटाइएको एक प्रवक्ताले जानकारी दिएका छन् ।

विद्युत्सम्वन्धी कुनै समस्या भएमा तत्काल जानकारी गराउन सिधा सम्पर्क नं.को समेत व्यवस्था गरिएको अधिकारीले जनाएका छन् । प्रभावित क्षेत्रमा ९ मिटरसम्म पानी जमेको स्थानीय बासिन्दाले बताएका छन् । आँधीपछि कतिपय ठाउँमा बाढी र पहिरो पनि आएको छ ।

आँधी, बाढी र पहिरोका कारण ६०० भन्दा बढी विस्थापित भएका छन् । उनीहरुलाई उद्धार तथा सहयोगका काम पनि भइरहेको जनाइएको छ । रासस/एएफपी

प्रतिक्रिया दिनुहोस