काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीको अग्रसरतामा मन्त्रालयले वार्षिक करिब ५ लाख मेट्रिक टन क्षमताको ग्रीन युरिया प्लान्ट स्थापनाका लागि विस्तृत अवधारणा तथा कार्यान्वयनको ढाँचा सम्बन्धमा प्रस्ताव आह्वान गरेको छ ।
मन्त्री चौधरीका अनुसार भविष्यमा आवश्यकताअनुसार यसको उत्पादन क्षमता थप विस्तार गर्न सकिनेछ । व्यावसायिक रूपमा हरित युरिया उत्पादन गर्ने उद्योग स्थापना गर्न इच्छुक कम्पनी, संयुक्त लगानी (ज्वाइन्ट भेन्चर) तथा कन्सोर्टियमसँग अवधारणा र कार्यान्वयनको ढाँचा वा मोडालिटी बारे विस्तृत प्रस्ताव आह्वान गरिएको हो ।
प्राप्त प्रस्तावहरूको मूल्याङ्कनबाट उपयुक्त प्रविधि, लगानीको ढाँचा, प्राविधिक चुनौती, आर्थिक सम्भाव्यता र आवश्यक सरकारी सहुलियतबारे स्पष्टता प्राप्त हुनेछ ।
इच्छुक कम्पनी तथा लगानीकर्ताले मन्त्रालयको आधिकारिक वेबसाइट www.moafe.gov.np बाट अवधारणा तथा कार्यान्वयनको ढाँचा (Concept Details and Modalities) सम्बन्धी फर्म डाउनलोड गर्न सक्नेछन्।
आवेदकले आफ्नो प्रस्ताव आगामी मंसिर १३ गते साँझ ५ बजेसम्म मन्त्रालयमा भौतिक रूपमा बुझाउन वा greenurea@moafe.gov.np इमेलमार्फत पठाउन सक्नेछन् ।



