२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्णाली राजमार्गमा रिफ्रेस सेन्टर निर्माण गरिने

अ+ अ-

सुर्खेत । यातायात व्यवस्था विभागले कर्णाली राजमार्गसहित नेपालका दुई स्थानमा रिफ्रेस सेन्टर निर्माण गर्ने भएको छ ।

कर्णाली राजमार्गको दैलेख खण्डमा पर्ने राकम र पूर्व–पश्चिम राजमार्गको कपिलवस्तु जिल्लामा पर्ने गोरुसिङ्गेमा सेन्टर स्थापना गर्न थालिएको यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले जानकारी दिए । लामो यात्राका सवारी र यात्रुलाई आराम गर्न सहयोग पुगोस् भन्ने उद्देश्य सेन्टर निर्माणको तयारी भइरहेको महानिर्देशक हमालले बताए ।

‘सेन्टर निर्माणको कार्य चालु आवको एक महिनाभित्रै बोलपत्र आह्वान गर्दैछौँ’, उनले भने, ‘यस कार्यका लागि रु तीन करोड ५० लाख बजेट विनियोजन भएको छ । रिफ्रेस सेन्टरको स्थापनाले लामो समयसम्म हिँडेका सवारीसाधन, चालक र यात्रुका लागि सजिलो हुनुका साथै बजार क्षेत्रसमेत विस्तार हुने अपेक्षा गरिएको छ ।’ उत्तर–दक्षिण जोड्ने कर्णाली राजमार्ग र मध्य पहाडी लोकमार्ग जोड्ने राकम कर्णाली सबै दृष्टिले उपयुक्त भएकाले छनोट गरिएको उनले बताए ।

उनका अनुसार सेन्टर निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन तयार भइसकेको छ । महानिर्देशक हमालले गोरुसिङ्गेमा सेन्टर स्थापना गर्न रु १७ करोड ५० लाख बजेट विनियोजन गरिएको जानकारी दिए । मुलुकका विभिन्न जिल्लाबाट काठमाडौँ उपत्यकामा आउने सवारी सफा गरेर उपत्यका प्रवेश गराउने योजना गरिएको उनको भनाइ छ ।

उनले भने, ‘काठमाडौँ उपत्यका छिर्ने सवारी धोएर मात्रभित्र ल्याउने तयारी गर्न थालिएको छ । यसका लागि विभिन्न निजी कम्पनीलाई आह्वान गरिने छ ।’ बाहिरबाट आएको धुलो, धुवाँलगायतको फोहर कम गरेर काठमाडौँ उपत्यकालाई सफा, स्वच्छ र सुन्दर शहर निर्माण गर्न चारै नाकामा एउटा मोडेल विधिको परिकल्पना ल्याइएको उनको भनाइ थियो ।