१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सांसद उपाध्यायको निधनले अपूरणीय क्षति : सभापति देउवा

अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रियसभाका सांसद एवं पार्टीका महाधिवेशन प्रतिनिधि दुर्गाप्रसाद उपाध्यायको निधनले राष्ट्र र पार्टीलाई अपूरणीय क्षति पुगेको बताएका छन् ।

कांग्रेस संसदीय दलले आज यहाँ आयोजना गरेको श्रद्धाञ्जलिसभामा उनले स्व उपाध्याय गाउँमै जनतासँग काम गर्न रुचाउने नेता भएको स्मरण गर्दै उहाँको निधनबाट पार्टीलाई अपूरणीय क्षति पुगेको बताए । राष्ट्रवादी र प्रजातन्त्रवादी छविका नेता उपाध्यायले नेपालका लोकतान्त्रिक आन्दोलन र पार्टीको सङ्गठनमा सक्रिय योगदान पुर्‍याउनुभएको सभापति देउवाले उल्लेख गरे।

श्रद्धाञ्जलिसभामा कांग्रेस महामन्त्री डा.शशाङ्क कोइरालाले उपाध्यायको निधनले मर्माहित तुल्याएको बताउँदै राजनीतिक र सामाजिक क्षेत्रमा गरेको योगदानका कारण उहाँको सधैँ चर्चा हुने उल्लेख गरे । पार्टीका कोषाध्यक्ष सीतादेवी यादवले अल्पायुमै निधन भएका उपाध्यायले आफ्नो जीवनकालमा गरेको राजनीतिक र सामाजिक योगदान अविस्मरणीय रहेको बताए ।

राष्ट्रियसभाका प्रमुख प्रतिपक्षी दलका नेता सुरेन्द्रराज पाण्डेले स्व उपाध्याय केन्द्रमा भन्दा जिल्लामै जनताका विकास निर्माणका काममा व्यस्त रहँदै आएको उल्लेख गर्दै तराई क्षेत्रमा ठूलो प्रभाव भएका नेता कांग्रेसले गुमाउँदा पार्टीलाई अपुरणीय क्षति पुगेको बताए ।

कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाणले प्रजातान्त्रिक आन्दोलन र पार्टी सङ्गठनमा ठूलो योगदान गरेका होनाहार नेता पार्टीले गुमाएको उल्लेख गर्दै उपाध्यायले प्रतिकूल अवस्थामा पनि जिल्ला मै बसेर पार्टी सङ्गठनका लागि गरेको योगदान स्मरण गरे । सार्वजनिक लेखा समितिका सभापति एवं काँग्रेस नेता भरत शाहले मधेशको खम्बा, जुझारु पार्टीका नेता गुमाउनुपर्दा मर्माहत भएको बताए ।

क्यान्सर रोगबाट पीडित सांसद उपाध्यायको उपचारका क्रममा गृहजिल्ला रुपन्देहीमा यही फागुन २ गते निधन भएको थियो । विसं २०२६ मा जन्मेका उपाध्याय विसं २०४६ सालका जनआन्दोलनदेखि कांग्रेसमा सक्रिय रहँदै आएका थिए । विसं २०५४ को स्थानीय निर्वाचनमा रुपन्देहीको साविक मधुवनी गाविसमा उनी उपाध्यक्ष पदमा निर्वाचित भएका थिए भने उपाध्याय कांग्रेसको १२ औँ र १३ औँ महाधिवेशन कार्यकाल क्षेत्रीय सभापतिसमेत थिए ।

विसं २०७४ मा उनी कांग्रेसका तर्फबाट प्रदेश नं. ५ बाट राष्ट्रियसभाको सदस्यमा निर्वाचित भएका थिए । सामाजिक क्षेत्रमा समेत योगदान गरेका उनले हाल लुम्बिनी विकास कोषको कार्यकारिणी सदस्य तथा विभिन्न समाजिक संघसंस्थामा संलग्न रहँदै आएका थिए । श्रद्धाञ्जलिसभाले उपाध्यायको निधनमा शोक प्रस्ताव पारित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस