काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जुत्ता प्रहार गर्ने युवकको पहिचान खुलेको छ । उनी जुम्ला सिञ्जाको रतन तिरुवा रहेका प्रहरीले जनाएको छ ।
नेकपा नेता भरतमोहन अधिकारीको प्रथम स्मृति सभामा सम्वोधन गरेर सिटमा फर्किने क्रममा दर्शकदीर्घाबाट प्रचण्डलाई ताकेर जुत्ता प्रहार भएको हो । तर तिरुवाले प्रहार गरेको जुत्ता मञ्चसम्म भने आइपुगेन ।
जुत्ता प्रहार गर्ने तिरुवालाई तत्काल सुरक्षाकर्मीलाई पक्राउ परेको गरेको छ ।