८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शल्यक्रिया शिविरमा १५१ को उपचार

अ+ अ-

लहान । सिरहाको लहानस्थित सप्तऋषि अस्पतालको आयोजनामा सम्पन्न निःशुल्क हाडजोर्नी शल्यक्रिया शिविरमा १५१ जनाले स्वास्थ्य सेवा लिएका छन् ।

लहान नगरपालिका र नेपाल ट्रमा सोसाइटीको समन्वय तथा इम्प्याक्ट नेपालको प्राविधिक सहयोगमा सप्तऋषि अस्पतालद्वारा सञ्चालित पाँच दिने शिविरमा ५७ जनाले निःशुल्क पलास्टर र १७ जनाले निःशुल्क शल्यक्रिया गराएका छन् ।

अन्य ७७ जना बिरामीले निःशुल्क स्वास्थ्य चेकजाँच गराएको सप्तऋषि अस्पतालका मेसु डा सुभाषबाबु साहले जानकारी दिए । शिविरमा हात तथा खुट्टा भाँच्चिएर नजोडिएको अथवा बाँङ्गो भएर जोडिएको, शल्यक्रिया गरेर स्टिल लगाएको तथा निकाल्नुपर्ने अवस्था भएको, हात वा खुट्टा भाँच्चिएर उपचार गराउन नसकेको, शल्यक्रिया गरेर पनि हाड नजोडिएको, हाडजोर्नी सम्बन्धी कुनै पनि किसिमको शल्यक्रिया गर्नुपर्ने लगायतका बिरामीलाई स्वास्थ्यसेवा प्रदान गरेको डा साहले बताए।

निःशुल्क शिविरमा तीनजना विशेषज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मीले शल्यक्रिया तथा उपचार सेवा प्रदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस