१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मन्त्री अर्यालद्वारा असिना पीडित किसानलाई सहयोगको प्रतिबद्धता

अ+ अ-

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्‍माकुमारी अर्यालले स्याङ्जा स्थित फेदिखोला नगरपालिकामा असिना पानीले पुर्‍याएको क्षतिको स्थलगत निरीक्षण गरेकी छन्।

मन्त्री अर्याल सोमबार फेदिखोला गाउँपालिका पुगेर शनिवार राती आएको हावाहुरी, चट्याङसहितको असिना पानीले गाउँपालिका क्षेत्रमा पुर्‍याएको क्षतिको निरीक्षण गरेकी हुन्।

असिना पानीले ठुलो मात्रामा क्षति पुर्‍याएको क्षेत्र फेदिखोला गाउँपालिका–४ को आरु खर्क र वडा नम्बर २ को कुडुले भन्ने स्थानमा पुगेर मन्त्री अर्यालले स्थलगत निरीक्षण गरिन्। असिना पानीले क्षति पुर्‍याएको क्षेत्रमा पुगेर मन्त्री अर्यालले कृषिमा लगानी गरेर अगाडि बढेमा कृषिमार्फत देश समृद्ध हुने भन्दै त्यसैका आधारमा फेदिखोलाबासी कृषिमा लागेको बताइन्।

प्राकृतिक विपत्तिबाट ठुलो क्षति भएको भन्दै क्षतिबाट निराश नहुन र फेरि पनि ऊर्जाका साथ कृषि क्षेत्रमा अगाडि बढ्न मन्त्री अर्यालले आग्रह गरिन्। तपाईँहरू कृषि क्षेत्रमा ऊर्जाका साथ लाग्नुभयो। यो कार्यको म उच्च प्रशंसा गर्दछु। अहिले प्राकृतिक विपद् आएर ठुलो क्षति पुर्‍याएको छ’ मन्त्री अर्यालले भनिन्, ‘क्षतिबाट तपाईँहरू कति पनि विचलित नभएर फेरि पनि ऊर्जाका साथ लाग्नुस्। राज्यले तपाइँहरुलाई सहयोग गर्छ।’

मन्त्री अर्यालले गाउँपालिकाको सबै क्षेत्रमा पुगेको क्षतिको मूल्याङ्कन गरेर विवरण पेस गर्न प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख, कृषि कार्यालयका प्रमुख, गाउँपालिका प्रमुखलाई आग्रह गरेकी छन्। सबै विवरण आइसकेपछि सङ्घ प्रदेश र स्थानीय तह मिलेर उचित क्षतिपूर्ति दिने मन्त्री अर्यालले प्रतिबद्धता जनाइन्।

गत शनिवार ९चैत १ गते० राति साढे ११ बजेदेखि साढे २ बजेसम्म अविरल रूपमा परेको असिना पानीले वडा नम्बर १, २, ३, ४, ५, ९ मा क्षति पुर्‍याएको छ। असिना पानीका कारण टनेल, सागसब्जी, सुन्तलाको रुखहरू, डाले घाँस सबै ध्वस्त भएको वडा नम्बर ४ का अध्यक्ष माधव शर्माले जानकारी दिए। यस्तो ठुलो असिना पानी यसअघि आएको थाहा नपाएको उनले बताए। ‘२०२४ सालमा अलिअलि आएको थाहा पाउँछौ। त्यसपछि यस्तो असिना पानी आएकै छैन। म अहिले ५८ वर्षको भएँ। यस्तो असिना पानी आयो की सबै कुरा लगेर गयो’ वडाध्यक्ष शर्माले भने।

शर्माका अनुसार १ नम्बर वडामा ६० प्रतिशत, २ नम्बर वडामा ५५ प्रतिशत, ३ नम्बर वडामा ५० प्रतिशत क्षति भएको छ। उनका अनुसार वडा नम्बर ४ मा सबैभन्दा बढी क्षति भएको छ भने ५ नम्बर वडामा कम क्षति भएको छ। १,२ वटा घरमा चट्याङ परे पनि मानिए क्षति भने भएको छैन।

प्रतिक्रिया दिनुहोस