२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्वास्थ्य सामग्री खरिदबारे आफूलाई कुनै जानकारी नभएको प्रधानमन्त्रीको दाबी

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस(कोभिड–१९) विरुद्धको लडाइँका लागि स्वास्थ्य सामग्री खरिदसम्बन्धी विवादास्पद सम्झौताबारे आफूलाई जानकारी नै नभएको दाबी गरेका छन् ।

स्वास्थ्य सेवा विभागले ओम्‍नी समूहसँग स्वास्थ्य सामग्री खरिद गर्न नाटकीय रूपमा रातारात सम्झौताको पारदर्शिता र खरिद मूल्यमा विवाद देखिएपछि एकाएक ठेक्का रद्द भएको थियो । सोही विषयमा मङ्गलवार पार्टी सचिवालय बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले स्वास्थ्य सेवा विभागका महानिर्देशकस्तरमा भएको सम्झौताबारे आफू अनभिज्ञ रहेको दाबी गरेका हुन् ।

महामारीका बेला चरम भ्रष्टाचार गरेको भन्दै जनस्तरबाट नै चर्को दबाबआएसँगै नेकपाकै नेताहरूले समेत प्रश्न उठाएका थिए । यस विषयलाई लिएर सचिवालय बैठक डाक्नुपर्ने मागसमेत सचिवालय सदस्यले राखेका थिए ।

एक सचिवालय सदस्यका अनुसार स्वास्थ्य सामाग्री खरिद प्रकरणमा प्रधानमन्त्रीले मन्त्री र सचिवसमेत यसबारे जानकार नरहेको र विशुद्ध महानिर्देशक आफैँले निर्णय लिएको सुनाएका थिए।

‘सम्झौता गरेको पनि मलाई थाहा थिएन, रद्द गरेको पनि थाहा थिएन। यो स्वास्थ्य सेवा विभागका महानिर्देशकले नै गरेका हुन्। कानुनीरुपले महानिर्देशकलाई त्यो अधिकार छ। यसबारे मन्त्री, सचिव कसैलाई थाहा छैन। झन् मलाई कुनै जानकारी छैन,’ बैठकमा प्रधानमन्त्रीले राखेको भनाइ उद्धृत गर्दै सचिवालयका ती सदस्यले भने, अनियमितता के भएको हो र अरू के के भएको हो त्यो बारेमा म आफैँ अनुसन्धान र छानबिनको क्रममा छु।’