२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आज महेन्द्र सोच मग्न छ !

कथा

अ+ अ-

जेठ महिनाको समय छ । जेठमास भए पनि वातावरणको चिसोपन देख्दा लाग्छ जेठमास हैन पुष माघ हो । धर्ती रोइरहेछ । विश्वमा छिटपुट बाहेक लकडाउन छ । नेपाल कोरोना सन्त्रास, सीमा विवाद चाप र महिला हिंसामा सतीदेवीको श्रापले पिरोलिरहेको । मतगढाना जस्तो सङ्क्रमणको तथ्याङ्क सार्वजनिक भइरहेका छन् । युवा पुस्ता कोरोना अपडेटका लागि फेसबुकमा दिन प्रतिदिन प्रतिस्पर्धा गरिरहेकाछन् । नर्सदिवसकै दिन नर्स पनि पहिलो पटक सङ्क्रमित भएको समाचार बाहिरिएका छ ।

कृषि क्रान्ति, उद्योगको विकास र रोजगारी वृद्धिबाट मुलुक कायापलट गर्ने सपना बोकेको मुलुकलाई आत्मनिर्भर बनाई सार्वभौममूलुक चिनाउने सपना बोकेको महेन्द्र सबै फुर्सदिला हुँदा समेत व्यस्त छ । आज महेन्द्रको घरमा १० वर्ष अघिका सहपाठीहरू रमेश, प्रमिला, गणेश, मदन, नीता र दिनेश भेटिन्छन् र उसको आँप फर्ममा गफिएर सुख दुखका कुरा गरिरहेका छन् ।

नीता बाल्यकाल देखिको महेन्द्रको प्रेमिका हो । धनी परिवारमा जन्मिएकी उ अमेरिकामा भाग्य र भविष्य देखि अमेरिकाको भिसा भएको केटासँग बिहे गरेर उतै गएकी छे र नेपालको नागरिकता त्यागी सकेकी छे । मदन पेसाले स्वास्थ्य कर्मी हो, गाउँको अस्पतालमा काम गर्छ र त्यही अस्पतालको स्टाफनर्ससँग बिहे गरेको छ । समाजमा स्वास्थ्य सेवा गरिरहेको छ । गणेशले चीनमा एम विविएस पाँचौँ वर्षमा पढ्दै छ । लामो समय महाराजगन्जमा नाम ननिस्केपछि त्यता गएको ऊ चर्चित राजनेताको छोरा पनि हो । गणेश पारिवारिक रहर र बाध्यताले वैदेशिक रोजगारमा विदेश गएको कोरोना महामारी पछि रोजगारी गुमेपछि नेपाल आएको हो । प्रमीला श्रीमान् र सासूले दिएको पीडा खप्न नसकी माइतमा आएर बसेकी छन् ।

विभिन्न पेसामा आबद्ध सबै साथीका फरक फरक पीडा रहेका छन् । फरक फरक रूपमा जीवन जिइरहेका छन् । यही मौकामा आफ्ना कथा र व्यथा सुनाउँछन् । आफ्ना आफ्ना मुलुकको अवस्था बताउँछन् । चीनको बुहानमा मुहान भएको कोरोनाले गरेको क्षति अनि आफू रहेको मुलुकको प्रयास सुनाउँछन् । नेपालको राजनीतिलाई गाली गर्छन् । लिम्पुधारा विवादमा सबैले नेतालाई गाली गर्छन् । आफू आवद्ध राजनीतिकदल बाहेकको यसमा गल्ती भएको सुनाउँछन् । छिमेकीलाई गाली गर्ने गर्छन् । राष्ट्रवाद नारामा अगाडि नीता देखिन्छिन् ।

निताको श्रीमानको कोरोनाको कारण मृत्यु भैसकेको र बाँच्नको लागि नेपाल आएकी भन्छिन् । अन्य मुलुक आर्थिक विकासमा अगाडि बढ्ला भन्ने डरले लकडाउन नगरेको तर अहिले काम गर्ने त्यहाँ वातावरण नभएको जन्मभूमिमा जस्तो कामको सम्मान नभएको जे गरे पनि नेपालमा गर्ने भन्छिन् र महेन्द्रलाई लात मार्दा दिएको वातले पश्चात्ताप गर्छिन् । नागरिकता त्यागेकोमा धिक्कार छिन ।

वैदेशिक रोजगारीले सीता द्रौपति बन्न विवश भएको, आधुनिक मदन विदेशबाट फिर्दा न आमा रहेको न मुना रहेको अनि गाउँमा युवा नहुँदा शिव ब्राह्मणबाट गोमा बलात्कृत हुनु परेको सोच्न बाध्य हुन्छ …

मदनले अहिलेको विषम परिस्थितिमा सेवा गर्न पाएकोमा हर्ष व्यक्त गर्दछ । अरू बेला स्वास्थ्यमा काम छैन भन्नेलाई कटाक्ष व्यक्त गर्दै अरू फुर्सदिला भए पनि व्यस्त भएको तर सुरक्षा सामग्री नपाएकोमा दुखेसो प्रकट गर्छ र दिन रात नभनी वार्डमा काम गरेकी श्रीमतीको आरडीटि पोजेटिभ भएको पिसी आर हुँदै गरेको दुखेसो गर्छ अनि थर्मल गन कालोबजारीमा सरकारले बरामद गरेको अनि सात लाख थान मास्क एयरपोर्टमा बरामद भएको समाचारको कुरा गर्दै गलल हास्छन् र यस्तो अवस्थामा कमाउधन्दाले देश बिग्रियो भन्छन् उसका साथीहरू। कुनै कुराको वास्ता नगरी आज क्वारेनटाइनमा ड्युटी छ भन्दै मदन ओझेल पर्छ ।

गणेश बुहान प्रान्तमा महामारी फैलिनवित्तिकै सरकारले कोरोनाबाट बचाउन ल्याइएको हो । सरकारको प्रशंसा गर्छ । चीनको जस्तो राम्रो मेडिकल शिक्षा कतै नभएको भन्दै गुणगान गाउँछ । उसले समाज गर्ने रवाफ पनि उस्तै छ ।

दिनेशले विश्वव्यापी कोरोनाको महामारीको कारण उद्योगधन्दा बन्द हुँदा रोजगारीबाट हात धुनु परेको अनि थुप्रै साथी बिरामी भएको र जति काम गरे पनि खासै उपलब्धि नभएपछि अब नेपालमै पसिना बगाउने उद्देश्यले आएको सँगै विदेश गएका साथीलाई म्यानपावर र अन्य कारण बिचल्ली भएको सुनाउँछ । मर्नुपरे पनि नेपालमा मर्छु भनी नेपाल आएको नेपाल प्रवेश गर्न नदिएपछि महाकाली नदी तरेर आएको कतिपय साथी चोर बाटोबाट पनि सीमा प्रवेश गरेको सुनाउँछ । आफ्नो देश प्रवेश गर्न नपाएकोले देश निकाला भएको महसुस भएको बताउँछ । कतिपय साथी अझै खाडी मुलुकमा रहेको आउन नपाएको पनि बिलौना फेसबुकमा गरेको बताउँछ । चुनावमा सञ्जीवनी बुटी सोची भोट हालियो मत पत्रबाट देश अरूलाई बुझाएर गइएछ । आफ्नो मुलुकमा आउन नपाउने क्या जमाना आएछन् । क्या रोग आएछ भन्छ ।

प्रमीलाको व्यथा अर्कै सुनाउँछे, लगातार दुई सन्तान छोरी भएपछि श्रीमानले सौता ल्याएको अनि श्रीमानले रक्सी खाएर कुट्ने, नन्दको टोकेसो सहनुपरेको र उनले नै आफुँ पनि महिला भएको भुली श्रीमानलाई भनेर पेटमा महिला भएकोले भ्रूण हत्या गर्न उक्साएको, सासूले एसिड छर्कन प्रयास गरेको माइतीको नाम समेत जोडेर गाली गरेको तथानाम गाली गरेकोले सहन नसकी पारपाचुके गरेर माइत बस्नुपरेको बाध्यता सुनाउँछे । निर्मला पन्त हत्या स्मरण गराउँछे ।

महेन्द्रले कृषि क्रान्तिबाट विकास गर्ने भनेर विभिन्न कृषि फर्म सञ्चालन गरेको र मनग्य आम्दानी गर्दै हजारौँलाई रोजगारी दिएको सुनाउँछ । श्रीमतीले पनि मास्क उद्योग सञ्चालन गरेको लकडाउनमा पनि सेवा निरन्तर भएको आम्दानी भइरहेको तर विदेशबाट करोडौँको प्रतिदिन तरकारी आयात हुँदा पनि यातायात ठप्प हुँदा सस्तोमा बेच्नुपरेको यसबारे राज्यको ध्यान जानुपर्ने भनी दु:ख प्रकट गर्दछ ।

सबैले आफ्ना कथा व्यथा अनि पिर मर्का सुनाएर जान्छन् अनि महेन्द्र देशको अवस्था नेपाल प्रति हेर्ने व्यवहार सँगै गुच्चा खेलेका सँगै माया प्रेम गरेका साथीको अवस्था सुनेर नियालिन्छ । उसलाई आज काममा जान मन छैन । उ सोच मग्न हुन्छ । हातमा कान्तिपुर पत्रिका समातेर पढ्न थाल्छ ।

जेठ २ गतेको पहिलो पृष्ठमा मुख्य समाचारमा देख्छ पूर्वी सीमामा पनि भारतको खिचलो पाँचथरमा नेपाल पट्टिको दशगजा क्षेत्रसमेत आफ्नै भएको दाबी । समुदायमा व्यापक बन्दै सङ्क्रमण : टेकुस्थित शुक्रराज टपिकल तथा सरुवा रोग अस्पतालमा परीक्षण गराउनेको भिड फर्कन बाध्य । त्यहाँ लेखेको कुरा पढ्छ बिहीबार आएका ६०१ मध्ये सोधपुछ पछि चिकित्सकले आवश्यक छैन भनी ३०९ फर्काएका थिए अनि सोच्छ कसरी पत्ता लागोस् त कोरोना । सामाजिक सञ्जालमा हेर्छ एनआरएन कमलको स्टास देशको भूमि एक इन्च पनि जान दिँदैनौँ । समाचारमा आइरहेको छ दार्चुला केशव लगायतले माइतीघरमा लिपुलेक फिर्ता लिन आन्दोलन गर्दा पक्राउ परे । क्वारेनटाइनमा नर्सलाई बिरामीले असभ्य चर्तिकला देखाउन खोजे । एक जना स्वास्थ्य कर्मीको फेसबुक स्टाटसमा लेखिएको हुन्छ स्वास्थ्य चौकी र अस्पतालमा काम गर्नेलाई प्रत्यक्ष कोरोनाको उपचार गर्ने ठानेर शत प्रतिशत उत्प्रेरणा भत्ता दिनेमा समावेश गरिएन झन् सङ्क्रमित त दूर दराजका स्वास्थ्यकर्मी परेकाछन यसबारे ध्यान कहिले जाला ? इटालीमा पैसा सडकमा फलिएको दृश्यको भिडियो पनि हेर्छ ।

सबै हेरेपछि चिन्ता गर्न थाल्छ अनि मनमनै सोच्छ जबसम्म आफू आत्मनिर्भर हुँदैन तब सम्म अरूलाई गाली गर्नु व्यर्थ छ । कृषि, उद्योग, पर्यटन, स्वास्थ्य क्षेत्रमा टेवा पुर्‍याएमा मात्र विदेशी सँग लड्न सकिन्छ । नुन देखि सुन सम्म आयात गर्ने वैदेशिक रोजगार र विप्रेषणमा भर पर्दा अगाडि बढ्न नसकिने कुरामा विश्वस्त हुन्छ । महात्मा गान्धीले पनि घरेलु उद्योग धन्दामा टेवा पुर्‍याएर मात्र भारत स्वतन्त्र बनाउन सकेको यसका लागि आफै नेपालले पनि पहल कदमी चाल्नुपर्ने विचार गर्दछ । जसका लागि करको दायरा बढाउँदै लगानी मैत्री वातावरण सिर्जना गर्ने वैदेशिक सहयोगको साटो नेपालीको शेयरबाट उद्योग, पर्यटनमा लगानी पेट्रोलियम पदार्थको साटो विद्युतीय उपकरण जोड दिने कृषि, उद्योग, पर्यटन, खानीबाट विश्व बजारमा प्रतिस्पर्धा गर्नुपर्ने अनि सबल अर्थतन्त्रबाट मात्र सफल हुने विचार गर्छ । सीमामा आएको विवादलाई प्रमीलासँग जोड्दछ महिला नै फ्लोरेन्स, सुशीला र विद्या बनेका छन् । उसले नाटकीय जीवन व्यतीत गर्नुपरेको छ । यदि उ राम्रोसँग पढेर रोजगार गरेको भए प्रताडना सहनुपर्ने थिएन । सीमामा छिमेकीको पनि कमजोर ठानेर सामूहिक बलात्कार संज्ञा दिँदै प्रमीला कमजोर भएर आरोप लाग्ने छिमेकीको कर्के नजर लाग्ने सोच्छ र सबल हुन प्रण गर्नुपर्ने सोच्दछ । कोरोना सङ्क्रमित हुने जान्दा जान्दै सरकारको विरुद्ध आन्दोलन गर्नेलाई शत्रुसँग भन्दा बाबुआमा सँग लड्नु सहज हुने र निताको विदेश मोह सम्झिन्छ अनि एनआरएनको देशको एक इन्च भूमि छोडिँदैन न.भन्ने स्टाटस अनि सुकारलाई गर्दा आफूले रगतले उसलाई प्रेमपत्र लेखेको सम्झना गराउँछ । स्वास्थ्य हानीमात्र । दिनेशको कुरा सुनेपछि उसले विश्लेषण गर्छ अब कोरोनाको कारण १० लाख युवाले वि स २०७७ मा बेरोजगारीको सामना गर्नुपर्नेछ यसका लागि आगामी बजेटमा स्वरोजगार र स्वदेशमै प्राविधिक सीपको कार्यक्रम ल्याउनुपर्नेछ ।

वैदेशिक रोजगारीले सीता द्रौपति बन्न विवश भएको, आधुनिक मदन विदेशबाट फिर्दा न आमा रहेको न मुना रहेको अनि गाउँमा युवा नहुँदा शिव ब्राह्मणबाट गोमा बलात्कृत हुनु परेको सोच्न बाध्य हुन्छ । विकासको मूल यहीँ फुटाउनु पर्छ परनिर्भर हुनु हुन्न यति गरे न छिमेकी धावा बोल्छ न कोही डराउनु पर्छ । सङ्घ, प्रदेश र स्थानीयले कार्यक्रममा अनि आगामी बजेटमा समावेश गर्नै पर्छ देशको नागरिकता त्याग्नेले देश प्रेम भनेको सुहाउँदैन । कुनै मुलुकबाट पनि आर्थिक सहयोगको अपेक्षा गर्नुपर्दैन स्वतः मुलुक स्वाभिमान बन्छ र अरू कसैले आँखा गाड्दैनन् । विवादित ठाउँमा एक पक्षले अतिक्रमण गर्ने र अर्को पक्ष टुलुटुलु हेर्नुपर्दैन । सरकारले सजिलै कूटनैतिक पहल गर्छ र सफल हुन्छ आफू कमजोर भएमा कूटनैतिक पहल गारो हुन्छ । देशका विषम समस्या समाधान गर्न सकिन्छ । अब हामी कलमको अनि विचारको युद्ध जित्नुपर्छ खुकुरीको युद्धले काख रित्याउने र सिन्दूर पुछ्ने काम गर्दछ । स्वावलम्बनबाट नै स्वाधीनता कायम राख्नुपर्छ । अनि मात्र जनता खुसी देखिनेछन् । यो गरेमा सरकारको समृद्ध नेपाल सुखी नेपालीको सरकारको परिकल्पना साकार हुन्छ ।