२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विज्ञानलाई असफल गराउने संस्कृतको ज्ञान ओझेलमा

अ+ अ-

काठमाडौँ । संस्कृत वाङ्मयमा विज्ञानलाई असफल बनाउने ज्ञान भए पनि यस भाषाको ज्ञान लिनेमा सत्को अभाव र अभ्यासको कमीले ओझेलमा परेकोप्रति सम्बन्धित क्षेत्रका विज्ञले ध्यानाकर्षण गराएका छन् । जयतु संस्कृतम् संस्थाले सोमबार जुम प्रविधिबाट आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति प्रा जगमान गुरुङले ‘नेपालको सांस्कृतिक वैभव र समन्वयमा संस्कृत’ विषयमा विचार प्रस्तुत गर्दै नेपाल एवं भारतमा मन्त्र उच्चारण गरेर अग्नि निकाल्न सक्ने कोही अग्निहोत्री छन् त ? भनी प्रश्न गगरे।

जगन्निवास त्रिपाठीले अन्न र वस्त्र त्यागी साधना गरेर अग्नि निकालेपछि ब्राह्मणको दर्जा प्राप्त गरेको प्रसङ्ग उनले सुनाए । शास्त्रीय अभ्यास गर्न नसक्ने तर ठूलो जातको हुँ भनी भ्रम पालेर बस्न नहुनेमा पनि गुरुङले जोड दिए।

त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा माधवप्रसाद पोखरेलले ‘नेपालका भाषाहरुको संरक्षणमा संस्कृतको योगदान’ विषयमा विचार राख्दै नेपालमा भारतमा भन्दा महत्वपूर्ण तीर्थस्थल भए पनि खोज अनुसन्धान एवं प्रचारप्रसारको अभावमा ओझेलमा परेको बताए। बाह्र ज्योतिर्लिङ्गलगायत सबै तीर्थ भारतमै छन् भनी भारतका तर्फबाट एकोहोरो प्रचार हुँदा नेपाल संस्कृत विश्वविद्यालयजस्ता संस्थाले यसको अध्ययन अनुसन्धान गराउन नसकेको उनको भनाइ थियो । राष्ट्रिय अभिलेखालयलगायत धेरै पुस्तकालयमा रहेका संस्कृतका हजारौँ पुस्तक कसैले पनि अध्ययन नगर्दा धुलो लागेर बसेकोतर्फ पोखरेलले सरोकार भएका निकायको ध्यानाकर्षण गराए ।

अमेरिकाको स्यान्डियागो विश्वविद्यालयमा संस्कृत प्राध्यापन गराइरहेका प्रा स्थानेश्वर तिमल्सिनाले ‘संस्कृतको अन्तर्राष्ट्रिय परिवेश’ विषयमा विचार प्रस्तुत गर्नुहुँदै अमेरिकालगायत पश्चिमी देशमा तन्त्र विषय पढ्न आठ हजारभन्दा धेरै विद्यार्थीले आफूसँग समय माग गरेको सुनाए । वाल्मीकि विद्यापीठमा तन्त्र पढाउँदा दुई जना विद्यार्थी पाउन मुस्किल भएको प्रसङ्ग कार्यक्रममा जानकारी गराए ।

अनलाइनबाट संस्कृत शिक्षा दिने तयारी
नेपाल संस्कृत विश्वविद्यालयका कुलसचिव प्रा माधव अधिकारीले ‘संस्कृतको विकास र नेपाल संस्कृत विश्वविद्यालय’ विषयक प्रस्तुति गर्दै प्रदेश नं ५ सरकारसँगको सहकार्यमा नाथ सम्प्रदाय, मूर्त अमूर्त सम्पदा एवं संस्कार र संस्कृतिका विषयमा अनुसन्धान भइरहेको बताए ।

बन्दाबन्दीका कारण विश्वविद्यालयमा तीन महिनादेखि पठनपाठन ठप्प रहेको उल्लेख गर्दै उनले अनलाइन कक्षाका लागि विश्वविद्यालयका प्राध्यापक र कर्मचारीलाई तालिम दिने तयारी भइरहेको समेत जानकारी गराए । प्रदेश नं १ का पूर्वप्रमुख गोविन्दबहादुर तुम्बाहाङ लिम्बूले संस्कृत भाषाकै कारण आधुनिक भाषा विज्ञानको उत्पत्ति भएको उल्लेख गर्दै वक्ता नभएकैले संस्कृत सिक्न अप्ठ्यारो हुने गरेको बताए। संस्कृतका प्राध्यापक र विद्यार्थीले बोल्ने अभ्यास गरेर संस्कृतलाई जीवन्त बनाउन सक्ने उनको भनाइ थियो ।

पूर्व शिक्षासचिव जनार्दन नेपालले वेदलगायत ग्रन्थ पढ्न सबैलाई खुला भए पनि त्यसको प्रचारप्रसार हुन नसक्दा समाजमा जात विशेषले मात्र पढ्न पाउने भनी भ्रम सिर्जना भएको बताए । नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति आचार्य पूर्णचन्द्र ढुङ्गेलले संस्कृत भाषामात्र नभई ज्ञान र विज्ञान पनि भएकाले त्यसैअनुरुपको व्यवहार भने राज्यका तर्फबाट हुन नसकेको अनुभव सुनाए।

त्रिभुवन विश्वविद्यालय संस्कृति विभागका पूर्वप्रमुख डा. वीणा पौडेलले जनजीवनको अभिन्न अङ्ग एवं धनी भाषा संस्कृतलाई नयाँ पुस्तासँग जोड्न नसक्दा यसको महत्व ओझेलमा परेको बताए । तल्लो तहदेखि अनिवार्यरुपमा पाठ्यक्रममा राखे मात्र संस्कृतलाई नयाँ पुस्तासँग जोड्न सकिने उनको भनाइ थियो । विसं २००४ मा भएको जयतु संस्कृतम् आन्दोलनको नेतृत्वकर्तामध्येका एक अच्युतराज रेग्मीले संस्कृत विश्विद्यालयमा नौ महिनादेखि उपकुलपति, शिक्षाध्यक्षलगायत पदाधिकारी नहुँदा प्राज्ञिक काममा प्रभाव परेकाले तत्काल पदाधिकारी नियुक्त गर्न सरकारसँग माग गगरे।

जयतु संस्कृतम् संस्थाका अध्यक्ष डा. बद्री पोखरेलले नेपालमै उत्पत्ति भएको संस्कृत वाङ्मयमा भएको ज्ञानलाई छाडेर नेपाली घरमा बलिरहेको बत्ती छोडी धुपौरो बोकेर छिमेकीका घरमा आगो खोज्न गएजस्तो अवस्था हाल देशमा भइरहेको बताए । जर्मनीबाट जुम प्रविधिको अन्तरक्रियामा भाग लिएका रामहरि तिमल्सिनाले नेपालमा संस्कृत र नेपाली भाषा योजना नबनाई अध्ययन अध्यापन भइरहेकाले उपलब्धि कम भएको बताए। अमेरिकाको न्यूयोर्क शहरबाट भाग लिएका पीपलमणि सिग्देलले त्यहाँको नगरपालिका बैठकअघि संस्कृत भाषाबाट वैदिक मन्त्रोच्चारणपछि मात्र शुरु हुने गरेको सुनाए।

विसं २००४ असार १ गते तीनधारा पाठशालाका विद्यार्थीले संस्कृतसँगै आधुनिक विषय पनि पढ्न पाउनुपर्ने माग गरी राणा शासकका विरुद्धमा गरेको पहिलो विद्यार्थी आन्दोलन जयतु संस्कृतम् हो । चौहत्तरौँ जयतु संस्कृतम् दिवसका अवसरमा सोमबार विभिन्न कार्यक्रम आयोजना गरियो । रासस