२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुरक्षित आप्रवासनको क्षेत्रमा नेपाललाई सघाउन स्विट्जरल्याण्डको तत्परता

अ+ अ-

काठमाडौँ । स्विट्जरल्याण्डका राष्ट्रपतिले महामारीको अहिलेको असहज अवस्थामा सुरक्षित आप्रवासनको क्षेत्रमा नेपाललाई सहयोग गर्न तत्पर रहेको बताएकि छन् ।

महामारीका कारण आप्रवासीहरुले झेल्नु परेका कठिनाइलाई दृष्टिगत गरी उनले नेपाललाई सहयोग गर्न आफ्नो देश तयार रहेको बताएकि हुन्।

राष्ट्रपति विद्यादेवी भण्डारी र स्विट्जरल्याण्डका राष्ट्रपति सिमोनेता सोमारुगाबीच बिहीबार अपराह्न भएको टेलिफोनवार्तामा स्विस राष्ट्रपतिले सुरक्षित आप्रवासनको महत्व दर्शाउँदै आफ्नो देशको सरकारले त्यसनिम्ति नेपाललाई सहयोग गर्ने बताएकि परराष्ट्र मन्त्रालयले जनाएको छ ।

नेपाल र स्विट्जरल्याण्ड पर्वतीय मुलुक भएकाले पर्यावरण संरक्षणका निम्ति दुवै देशको पूर्ण प्रतिबद्धता रहेको छ भने दुवै देश जलवायु परिवर्तनको दुष्प्रभावबाट पीडित भएका सन्दर्भमा राष्ट्रपतिद्वयले उपयुक्त अनुकूलन योजनाका माध्यमबाट अन्तर्राष्ट्रिय एकीकृत जलवायु परिवर्तनका असर घटाउन प्रभावकारी कार्य गर्न सकिने विषयमा विचारविमर्श गरेका थिए ।

अन्तर्राष्ट्रिय पर्वतीय विकास केन्द्र (इसिमोड) सँग स्विट्जरल्याण्डले यो क्षेत्रमा सहकार्य गरिरहेको बताउँदै स्विस राष्ट्रपतिले आगामी वर्ष आयोजना हुने अल्पाइन पर्वत सम्मेलनमा सहभागी हुन राष्ट्रपति भण्डारीलाई आमन्त्रण गरिन्।

अल्पाइन पर्वत सम्मेलन आयोजनाका निम्ति भएका प्रयासको प्रशंसा गर्दै राष्ट्रपति भण्डारीले महामारीका कारण स्थगन भएको ‘सगरमाथा संवाद’ परिस्थिति सामान्य भएपछि आयोजना हुने भएकाले त्यसमा सहभागी हुन स्विस राष्ट्रपतिलाइ पुनः आमन्त्रण गरिन् ।

दुवै देशका सरकारले साझा चासोका विषयमा बहुपक्षीय र द्विपक्षीय तहमा निकट सम्पर्कमा रहेर सहकार्य गर्ने विश्वास राष्ट्रपतिद्वयले व्यक्त गर्दै समग्र द्विपक्षीय सम्बन्धको अवस्थाप्रति सन्तुष्टि जनाए । साथै उनीहरुले कोभिड–१९ को फैलावट नियन्त्रण आ–आफ्ना मुलुकले गरेका प्रयासबारे विचार आदानप्रदान गर्दै कोभिड–१९ का कारण दुवै देशले बेहोर्नुपरेको क्षतिप्रति एकापसमा ऐक्यबद्धता र सहानुभूति प्रकट गरे उक्त मन्त्रालयले बिहीबार राति जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।