२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लागुऔषधसहित पाँच जना पक्राउ

अ+ अ-

इनरुवा । जिल्ला प्रहरी कार्यालय सुनसरीले जिल्लाको विभिन्न स्थानबाट लागुऔषधसहित पाँच जनालाई नियन्त्रणमा लिएर मङ्गलबार सार्वजनिक गरिएको छ ।

पक्राउ पर्नेमा सुनसरीको कोशी गाउँपालिका–१ लौकहीका १९ वर्षीय मनिष यादव, भारत सुपौल बनेलीपट्टी–७ का १९ वर्षीय सुरेशकुमार गुप्ता, कोशी गाउँपालिका १९ वर्षीय महेशकुमार मेहता, भोक्राहा नरसिंह गाउँपालिका–१ का सञ्जीव उराव र रामधुनी नगरपालिका–३ झुम्काका नफिल मियाँ रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले बताए ।

सुनसरी प्रहरीले शुरु गरेको लागुऔषधविरुद्धको अभियानअन्तर्गत भारतीय बजारबाट नेपाली बजारतर्फ लागुऔषध लिएर आइरहेको गोप्य सूचनाका अधारमा उनीहरुलाई पक्राउ गरिएको सुनसरीका प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिए । यादव, गुप्ता र मेहतालाई सुनसरीको कोशी गाउँपालिका–१ लौकहीस्थित राजापोखरीबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाको साथबाट डाइलक्स डिसी १०० एमएलको ४७ बोतल बरामद गरिएको प्रहरीले जनाएको छ । उराव र मेहतालाई इनरुवा–४ बाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । पक्राउ परेका उराव र मियाँको साथबाट प्रहरीले नाइट्रिसन १० लेखिएको लागुऔषध जम्मा आठवटा बरामद गरिएको प्रहरीले जनाएको छ ।

इनरुवा–४ स्थित बसचोकमा शङ्कास्पद अवस्थामा आउँदै गरेको देखी जाँच गर्ने क्रममा लगुऔषध बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेकालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरी लागुऔषध नियन्त्रण ऐन, २०३३ बमोजिमको कानूनी प्रक्रिया बढाइएको सुनसरीका प्रहरी नायब उपरीक्षक कार्कीले बताए ।