१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लक्ष्मीपूजाको दिन मैनामैनीमा बिजुली पुगेपछि स्थानीय हर्षित

अ+ अ-

गाईघाट । उदयपुर जिल्लाको पूर्वी क्षेत्रको बेलका नगरपालिका—७ को विकट पहाडी क्षेत्र मैनामैनीमा गाउँमा पहिलोपटक लक्ष्मी पूजाको दिन बिजुली पुगेपछि स्थानीय गाउँले हर्षित भएका छन् ।

शनिबार लक्ष्मी पूजाको दिन मैनामैनीमा बेलका नगरपालिकाका प्रमुख दुर्गाकुमार थापा र उपप्रमुख राजकुमारी चौधरीले पहिलोपटक बिजुली बत्तीको औपचारिक उद्घाटन गरेको बेलकाका उपप्रमुख राजकुमारी चौधरीले बताइन् ।

नेपाल सरकारको ९० प्रतिशत लगानी अर्थात् रु १२ करोड ६० लाख बजेट र बेलका नगरपालिकाको १० प्रतिशत अर्थात् एक करोड ४० लाख बजेटसहित कूल रु १४ करोडको बजेटमा पहिलोपटक विकट मैनामैनी गाउँमा बिजुली पुगेको बेलका नगरपालिकाले बताएको छ ।

शनिबार मैनामैनी गाउँमा औपचारिक रुपमा बिजुलीको उद्घाटन भएपछि लक्ष्मी पूजाको दिनदेखि मेनामैनीको सूर्यचौक र मूल गाउँ गरेर दुई गाउँको सय घरभन्दा बढी परिवारहरुको घरमा बिजुली बल्न शुरु गरेको बेलका नगरपालिकाले बताएको छ । बेलकाको रामपुर र सुनसरी चतराको कनेक्सनबाट पहिलोपटक मैनामैनीमा बिजुली बत्ती विस्तार गरिएको पनि बेलका नगरपालिकाले बताएको छ ।

मैनामैनीमा पहिलोपटक बिजुली पुगेपछि मेनामैनी सूर्यचौकका स्थानीयवासी बलबहादुर राई यसरी खुशी व्यक्त गर्छन्, ‘उदयपुरको कर्णाली भनेर चिनिने मैनामैनी गाउँ हिजोदेखि विकासमा पछि पर्दै आएको हो, त्यही तल रामपुर र सप्तकोशीपारि चतरा बिजुलीले झिलिमिली थियो, हामी यही नजिकै पहाडी गाउँ अँध्यारोमा बिताउँदै आएको थियौँ, ढिलै भए पनि बिजुली आयो, अब गाउँ नै उज्यालो भएकामा खुशी छौँ ।’

मैनामैनी मूलगाउँकी अप्सरा राई आफ्नो खुशी यसरी व्यक्त गछिन्,’वारिपारि सबैतिर बिजुली बलेको भए पनि हामी गाउँलेहरु अँधेरोमा बस्दै आउन परेको थियो नेपाल सरकार र स्थानीय सरकारको पहलमा तिहारको समयमा बिजली आयो अब गाउँमा विकासको लहर आएको जस्तो लाग्यो, लक्ष्मीपूजाको पहिलोपटक गाउँ नै झिलिमिली भएको छ, सबै गाउँवासी हर्षित र ज्यादै खुशी भएका छौँ ।’

स्थानीयवासी जीवन राईका अनुसार गाउँको सप्तकोशीपारि सुनसरी र तल बेलका रातको समयमा बिजुली बत्तीले झिलिमिली देखिने गरेको तर आफूहरु वारिपारिको झिलिमिली बत्ती हेरे अहिलेसम्म पनि मैनामैनीका जनता रातमा टुकी बालेर अन्धकारमा रात बिताउँदै आएको राई बताउँछन् । लक्ष्मी पूजाको दिन पहिलोपटक मैनामैनीमा बिजुली पुगेपछि गाउँ झलमल्ल भएकाले अब गाउँमा साक्षात लक्ष्मी भित्रिएको अनुभव भएकाले खुशीको सीमा नै नाघेको मैनामैनीका पूर्वशिक्षक खबरबहादुर राईले बताए ।

प्रतिक्रिया दिनुहोस