९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जुम्ला विमानस्थल विस्तार गरिँदै

अ+ अ-

खलङ्गा । सदरमुकाम खलङ्गास्थित जुम्ला विमानस्थल विस्तारका लागि काम अघि बढेको छ । सो विमानस्थल विस्तारका लागि सर्भेलगायत कार्य तीव्र बनाइएको नागरिक उड्डयन प्राधिकरण जुम्लाका कार्यालय प्रमुख महेन्द्रबहादुर सिंहले जानकारी दिए । उनले भने, “विमानस्थल चालू आवदेखि बहुवर्षीय आयोजनाका रुपमा विमानस्थल विस्तारको काम शुरु भएको छ ।” कर्णालीका हिमाली जिल्लाको विमानस्थलमध्ये जुम्ला विमानस्थल सबैभन्दा सहज विमानस्थल मानिएको छ ।

बढी चाप भएको भन्दै विमानस्थल विस्तारका लागि सङ्घीय सरकारले यो वर्ष रु एक करोड बजेट विनियोजन गरेको छ । सङ्घीय सरकारको शेयर लगानीमा धावनमार्ग विस्तारका लागि अध्ययन भइरहेको नागरिक उड्डयन प्राधिकरण जुम्लाले जनाएको छ । विस्तृत अध्ययनका लागि यो वर्ष रु १७ लाख ६९ हजार बजेट विनियोजन गरिएको छ । प्राधिकरणको आफ्नै स्रोतबाट विमानस्थलमा ‘फायर सेड’ निर्माणको काम गत वर्षदेखि भइरहेको कार्यालय प्रमुख सिंहले बताए ।

जुम्लाबाट जहाजमा यात्रा गर्ने यात्रुको चाप बढ्दै गएकाले लामो समयदेखि विमानस्थल विस्तारको माग गरिएको चन्दननाथ नगरपालिका प्रमुख कान्तिका सेजुवालले बताए । लामो प्रयासपछि विमानस्थल विस्तारको कामले गति लिएको नगर प्रमुख सेजुवालले बताउनुभयो । जुम्लावासीको हवाई यात्रा सहज र गुणस्तरीय हुने विश्वास रहेको सेजुवालले बताए । जुम्ला विमानस्थलमा नियमितरुपमा १६ सिटे जहाज अवतरण हुने गरेका छन् । अहिले सीता, तारा र समिट एयरलाइन्सका साना जहाज चलिरहेकामा विमानस्थल विस्तार भएपछि अन्य निजी कम्पनीका ठूला जहाज पनि सञ्चालनमा आउने आशा गरिएको स्थानीयवासी हर्क शाहीले बताए ।

प्रतिक्रिया दिनुहोस